प्रेस संगठन बाँकेमा सह–संयोजक लगायत ३७ जना कार्यसमितिमा मनोनित

  ।   २०७७ फाल्गुन ८, शनिबार १८:३५

प्रेस संगठन नेपाल बाँकेका संयोजक डक्ट प्रसाद धितालको अध्यक्षतामा आज भएको जिल्ला भेलाले संगठनको कार्य समितिमा रिक्त रहेका पदहरुमा सह–संयोजक लगायत ३७ जना सदस्यहरूलाई मनोनित गरेको छ ।

भेलाले राजेश आचार्यलाई सह–संयोजकको पदमा चयन गरेको छ भने बिभिन्न सन्चार क्षेत्रमा कार्यरत ३६ जनालाई संगठनको जिल्ला कार्य समितिको सदस्यमा चयन गरेको छ ।

पूर्व संविधान सभा सदस्य दल बहादुर सुनार प्रमुख अतिथी रहेको संगठनको भेलामा नेकपा बाँकेका सचिव अशोक कोइराला, लुम्बिनी प्रदेश सभा सदस्य कृष्णा केसी (नमूना), नेकपा लुम्बिनी प्रदेश कमिटी सदस्य नरेन्द्र न्यौपाने, बरिष्ठ पत्रकार गणेश जि.सी. लगायत ७८ जनाको सहभागिता रहेको थियो ।

जिल्लामा नेकपाको (प्रचण्ड–नेपाल) पक्षिय शुभेक्छुक पत्रकारहरुले रिक्त समितिमा थप पदाधिकारी नियुक्त गरी संगठनलाई पुर्णता दिएका हुन ।

अपडेट..

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गरिब तथा विपन्न बस्तीमा सफा खानेपानी पाउँदा स्थानीय हर्षित

२०७७ फाल्गुन ८, शनिबार १८:३५
प्रेम विश्वकर्मा, नेपालगंज । ‘पानी पीउँदा गन्हाउने, लुगा धुँदा पहेँलो हुने’ कारणले सन्जु थारु समस्यामा हुनुहुन्थ्यो । करिब ३० फुट तल जमिनबाट निकालीएको पानी आर्सेनिक युक्त भएपछि उहाँ मात्रै नभई सन्जुका धेरै जना छिमेकी सफा खानेपानीको खोजीमा थिए । तर आर्थिक समस्याले गर्दा उनीहरुको सफा खानेपानी पीउँने इच्छा र आवाश्यकता पुरा […]