भारतको हिमाञ्चल प्रदेशका धार्मिक स्थल बिहीबारदेखि खुल्ने

  ।   २०७७ भाद्र २२, सोमबार ०६:३७

एजेन्सी । भारतको हिमाञ्चल प्रदेशका धार्मिक स्थलहरु आउँदो बिहीबारदेखि खुल्ला हुने भएका छन् ।

कोरोना सङ्क्रमण नियन्त्रणका लागि गरेको लकडाउनका कारण पाँच महिनादेखि बन्द रहेका धार्मिकस्थलहरु बिहीबारदेखि खोल्न लागेको भारतीय सञ्चारमाध्ययमले जनाएका छन् । मन्दिर तथा अन्य धार्मिक स्थलमा प्रवेश गर्ने र निस्कन बाटो फरक(फरक हुने, मन्दिरमा दूरी कायमलगायत स्वास्थ्य मापदण्ड भने लागू हुने हिमाञ्चल प्रदेश सरकारले जनाएको छ ।

यस्तै ६५ वर्षभन्दा बढी उमेरका वृद्धवृद्धा, १० वर्षभन्दा कम उमेरका बालबालिका र गर्भवती महिलालाई भने धार्मिक स्थलमा जान रोक लगाएको खबरमा उल्लेख छ । लकडाउन खोल्दै धार्मिक स्थलसमेत खुल्ला गरे पनि भारतमा कोरोना सङ्क्रमण भने बढिरहेको छ । गएको २४ घण्टामा ९१ हजार सात सय २३ जना सङ्क्रमित थपिएसँगै भारतमा कोरोना सङ्क्रमितको संख्या ४२ लाख दुई हजार पाँच सयभन्दा धेरै भएको छ ।

यस्तै थप एक हजार आठ जनाको ज्यान गएर ज्यान गुमाउनेको संख्या ७१ हजार छ सय ८७ पुगेको छ । यस्तै विश्वमा गएको २४ घण्टामा दुई लाख २३ हजारभन्दा धेरै सङ्क्रमित थपिएका छन् । योसँगै विश्वमा दुई करोड ७२ लाख ७५ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आठ लाख ८७ हजारभन्दा धेरैले ज्यान गुमाएका छन् भने एक करोड ९३ लाख ५८ हजारभन्दा धेरै निको भएका छन् । उज्यालो अनलाइन

Next Post

नागरिकको जीवन रक्षा मुख्य प्राथमिकता : प्रधानमन्त्री ओली

२०७७ भाद्र २२, सोमबार ०६:३७
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको जीवन बचाउन नै मुख्यरुपमा सरकारले ध्यान दिएको जनाउँदै स्वतन्त्रताको असन्तुलित वकालतले ठूलो क्षति भोग्नुपर्नेतर्फ ध्यानाकर्षण गराउनुभएको छ । अर्थमन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री ओलीले आइतबार निजी क्षेत्रका नेतृत्वकर्तासँगको छलफलमा कोभिड– १९ बारेको सूचना प्रवाहले भयावह तस्बिर प्रस्तुत गरेर जनजीवनलाई आतङ्कित गर्न नहुने बताउनुभयो […]

सम्बन्धित समाचार