संवाददाता ।
२०७७ फागुन २५ बाट सुरु भएको सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को १५ औँ वार्षिक साधारण सभा तथा सातौँ अधिवेशन नयाँ नेतृत्व चयन गर्दै आज सम्पन्न भएको छ ।
अधिवेशनले अर्जुन गिरीको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । अध्यक्ष पदका लागि भएको मतदानमा कुल खसेको १ सय ७९ मध्ये गिरीले १ सय ६३ मत पाएर निर्वाचित हुनुभयो ।
अध्यक्षका अर्का उम्मेद्वार कपिलदेव खनालले १३ मत ल्याउनु भएको थियो भने ३ मत बदर भएको थियो । आज विहान सकिएको अधिवेशनले अन्य सबै पदमा सर्वसम्मत चयन गरेको हो ।
वरिष्ठ उपाध्यक्षमा विष्णुदत्त अवस्थी, मधेश उपाध्यक्षमा निमेष कर्ण, जनजाति उपाध्यक्षमा मिलन गाहा, महिला उपाध्यक्षमा बन्दना दनुवार र दलित उपाध्यक्षमा भुवन सिंह चयन हुनुभएको छ ।
महासचिवमा किशोरजङ्ग थापा, कोषाध्यक्षमा सरोज पौडेल र सचिवमा सुदर्शन खतिवडा चयन हुनुभएको मुख्य निर्वाचन अधिकृत अधिवक्ता डा. रामहरि त्रिपाठीले जानकारी दिनुभयो ।
खुल्ला केन्द्रीय सदस्यमा कृष्णहरि घिमिरे, नवीनराज पौडेल, ध्रुबराज ढकाल, रोशनमान श्रेष्ठ र शुक्रराज भण्डारी चयन हुनुभएको छ ।
महिला केन्द्रीय सदस्यमा कमला कँडेल, गीता न्यौपाने र दिपु पोखरेल (खेमकुमारी) चयन हुनुभएको छ ।
मधेसी केन्द्रीय सदस्यमा नवीन नरसिंह नेपाली र अजयकुमार यादव, जनजाति केन्द्रीय सदस्यमा कृष्णकुमार एस्माली र पुष्पा चौधरी, दलित सदस्यमा हेमन्तबहादुर विश्वकर्मा चयन हुनुभएको छ ।
प्रदेश केन्द्रीय सदस्यमा प्रदेश १ बाट टेकबहादुर खड्का, प्रदेश २ बाट जिवछ चौधरी, बागमतीबाट भक्तबहादुर स्या्तान, गण्डकीबाट रामनारायण सुवेदी, लुम्बिनीबाट संगीत बस्याल, कर्णालीबाट बालकुमार शर्मा र सुदूरपश्चिम प्रदेशबाट केशवदत्त भट्ट चयन हुनुभएको छ ।
लेखा समिति संयोजकमा भूमिराज चापागाईँ र सदस्यमा रामभरोसी महतो र प्रल्हाद पोखरेल चयन हुनुभएको छ ।
अधिवेशनले प्रदेश नम्बर १ मा विदुर खवासको अध्यक्षतामा, प्रदेश नम्बर २ मा मनोजकुमार यादव, बागमती प्रदेशमा बलराम श्रेष्ठ, गण्डकी प्रदेशमा गणेश श्रेष्ठ, लुम्बिनी प्रदेशमा केपी घिमिरेको अध्यक्षतामा कार्यसमिति चयन भएको छ ।
कर्णाली प्रदेशमा गोरखबहादुर शाही र सुदूरपश्चिममा जगतबहादुर खड्काको अध्यक्षतामा कार्यसमिति चयन भएको छ ।
नवनिर्वाचित अध्यक्ष गिरिले देशभरिबाट उपस्थित भएर अधिबेसनलाई सफल बनाउने सदस्य रेडियो र प्रतिनिधिहरुलाई धन्यवाद् दिनु भएको अकोराब द्धारा जारी बिज्ञप्तीमा जनाईएको छ ।




