उपचाररत कार्यकर्ता भेट्न पुर्व गृहमन्त्री शर्मा भेरी अस्पतालमा

  ।   २०७७ फाल्गुन २८, शुक्रबार २३:३७

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय नेता पुर्व गृहमन्त्री जनार्दन शर्मा (प्रभाकर) ले माओवादी केन्द्र रुकुमका जिल्ला सदस्य तथा मुसिकोट नगरपालिका वडा नं. १३ का अध्यक्ष दिपक केसीलाई भेटेर स्वस्थ्य लाभको कामना गर्नु भएको छ ।

जिल्ला नेता केसीको भेरी अस्पताल नेपालगन्जमा उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ । नेता केसीको स्वस्थ्य अवस्था बारे बुझ्न केन्द्रीय नेता प्रभाकर भेरी अस्पताल नेपालगन्ज पुग्नु भएको गुडन्युज खबर संग कुराकानी गर्दै उहाँले बताउनु भयो ।

आफ्नो निर्वाचन क्षेत्र होस् वा अरु कुनै होस् पुर्व गृहमन्त्री शर्माले बिरामी मात्र नभएर जोसुकैलाई भेटेर सहयोग, हौसला, उत्साह दिने गर्दै आउनु भएको छ । गत महिनामा नेता शर्माले भेरी गंगा गाउपालिका कि भिरवाट लडेकी एक महिलाको हेलिकप्टर बाट नेपालगन्ज मेडिकल कलेजम ल्याइ उपचार गराउनु भएको थियो ।

रुकुम पश्चिम वा रुकुम पुर्व जता सुकै किन नहोस नेता शर्माले जनता संग प्रत्यक्ष जोडिएर सेवा पुराउदै आउनु भएको छ ।
<span;>बिरामीको स्वस्थ्य अवस्थाबारे बुझेर नेता शर्माले भेरी अस्पतालका डक्टरहरु संग छलफल गरि उपचारमा कुनै कुरा बाकी नराख्न अनुरो गर्नु भयो । जिल्ला नेता केसीको स्वास्थ्य अवस्था क्रमिक रुपमा सुधार हुँदै गएको अस्पताल स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘प्रेसिडेन्ट लिग–२०७७’ विजेताले १० लाख रुपैंया पाउने

२०७७ फाल्गुन २८, शुक्रबार २३:३७
संवाददाता, नेपालगंज । बाँकेमा ‘एन्फा प्रेसिडेन्ट लिग–२०७७’ भोली (सोमबार) देखि सुरु गर्न लागीएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा पहिलोपटक नेपालगंज रंगशालामा प्रतियोगिता सुरु गर्न लागीएको हो । एन्फाले आज पत्रकार सम्मेलन गरेर यसबारेमा विस्तृत जानकारी दिएको छ । एन्फाले फुटबलको विकास इतिहासमा पहिलोपटक नेपालगंजमा फुटबल लिग गर्न […]