शसक्त बालिका परियोजना संचालन

  ।   २०८० मंसिर ८, शुक्रबार ११:४८

नेपालगन्ज। बर्दियाको बढैयाताल गाउँपालिकामा शसक्त बालिका परियोजनाको किक अफ मिटिंग सम्पन्न भएको छ ।

बाँके युनेस्को क्लबले प्लान इन्टरनेसनल नेपालसंगको साझेदारीमा सञ्चालन गरेको शसक्त बालिका परियोजनाको बारेमा सरोकारवाला निकायलाई बिस्तृत रुपमा जानकारी गराउनका लागि किक अफ मिटिंगको आयोजना गरिएको क्लबले जनाएको छ ।

गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीको अध्यक्षतामा आयोजना गरिएको सो बैठकमा पालिकाका अध्यक्ष हिमालय त्रिपाठी प्रमुख अतिथि रहनु भएको थियो भने सबै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, शिक्षा शाखा, स्वास्थ्य शाखा र महिला तथा बालबालिका शाखाका प्रमुखहरु लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो । सो बैठकमा परियोजनाका संयोजक गोविन्द लामिछानेले परियोजनाको लक्ष्य, उदेश्य, नतिजा तथा क्रियाक्लापहरुका साथसाथै क्लबका गतिविधिहरुका बारेमा पनि विस्तृत रुपमा जानकारी गराउनु भएको थियो ।सो अवसरमा बोल्दै गाउँपालिकाका अध्यक्ष त्रिपाठीले शसक्त बालिका परियोजनाले यहाँका बालिकाहरुको चौतर्फी विकासमा ठुलो टेवा पुरयाउने विश्वास रहेको जनाउँदै पालिकाले परियोजना सफल पार्न हरेक प्रकारको सहयोग गर्ने बताउनुभयो ।

पलिकाका उपाध्यक्ष अधिकारीले परियोजनाले निर्धारण गरेका उदेश्य, लक्ष्य र कार्यक्रम समय सान्र्र्दभिक र बालिका तथा किशोरीको हितमा रहेकोले ती उदेश्य र लक्ष्य प्राप्तीका लागि पालिकाले पनि सहयोग र समर्थन गर्ने प्रतिवद्धता जनाउनुभयो ।

बैठककोे सञ्चालन परियोजनाका अधिकृत ईश्वर विकले गर्नु भएको थियो भने सहभागि अधिकांशले यो परियोजनाले बालिका र किशोरीका सवाललाई सम्बोधन गर्ने प्रतिक्रिया दिनु भएको थियो ।

Next Post

बाँकेको सिक्टा नहरमा एक व्यक्तिको मृत्यु

२०८० मंसिर ८, शुक्रबार ११:४८
नेपालगन्ज । बाँकेको एक नहरमा डुबेका बालकलाई उद्धार गर्न गएका एक व्यक्तिको नहरमै डुबेर मृत्यु भएको छ । नरैनापुर गाउँपालिका –६, कोहलाका ३१ बर्षीय बच्छराज धोबीको राप्ती नदीको सिक्टा पूर्वी नहरमा डुबेर बिहीबार दिउँसो ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सोही ठाउँका रामचन्द्र धोबीका १२ बर्षीय छोरा राजेश […]