डुडुवा गाँउपालिका ६ मा बालअधिकार समिति गठन

  ।   २०७८ मंसिर ३, शुक्रबार १६:५२

नेपालगञ्ज ।

बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६ मा वडास्तरीय बाल अधिकार समिति गठन गरिएको छ । बाँके युनेस्को क्लबले विश्व शिक्षाको सहयोगमा संचालन गरेको सक्रिय परियोजना अन्र्तगत सो समिति गठन गरिएको हो ।

सदस्यीय नवगठित उक्त बालअधिकार समितिमा वडा नं. ६ का वडा अध्यक्ष मोहनराम मिश्रा संयोजक र रामलाल यादव, मायाराम यादव, सुशिला वर्मा, केलाराम महावत, रामचरण यादव, राजकुमारी मौर्य, निर्मलादेवि कोरी, मर्दान अली शेष र बच्छराज यादव लगायत प्रहरी चौकी प्रमुख, वडा बालक्लब संजालका प्रतिनिधिहरु सदस्य रहेका छन् ।

सो अवसरमा वडा अध्यक्ष मिश्राले बालश्रम अन्त्यका साथै बालबालिकासम्बन्धि अन्य विभिन्न संरक्षणका कामहर समितिले गर्ने प्रतिवद्धता सो अवसरमा जनाउनुभयो ।

बालबालिकाको अधिकार विशेष गरेर बाल संरक्षण, बालविकास र बाल कल्याणका लागि बालअधिकार समितिको क्षमता विकास गर्ने, मासिक बैठक बस्ने, र बालकालिका सम्बन्धि कार्ययोजनालाई सुचारु रुपले कार्यन्वयन गर्ने निर्णय सो अवसरमा सर्व सम्मतिबाट पारित भएको परियोजनाका मुलयांकन तथा अनुगमन अधिकृत साजिद अली सिद्दिकीले बताउनुभयो ।

बाँके युनेस्को क्लबका कार्यक्रम अधिकृत गुलाम गौसले बालबालिकाको अधिकार सुनिश्चितता र सर्वोत्तम हितका लागि सबै एक जुटभएर लाग्नु पर्ने कुरामा जोड दिनु भएको थियो ।

Next Post

राप्तीसोनारी ६ मा १ सय ६७ जनाले निशुल्क स्वास्थ्य उपचार सेवा पाए

२०७८ मंसिर ३, शुक्रबार १६:५२
संवाददाता, नेपालगंज। बाँकेको राप्तीसोनारी गाउँपालिका ६ (फत्तेपुर) मा आज निशुल्क स्वास्थ्य शिविर संञ्चालन गरिएको छ । असल छिमेकी सामुदायिक हस्पिटलले आयोजना गरेको स्वास्थ्य शिविरमा १ सय ६७ जनाले निशुल्क स्वास्थ्य उपचार सेवा पाएका छन । उपचारका लागी पुगेका स्थानीयहरुलाई राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान दाङ्गमा कार्यरत नाक, कान, घाँटी रोग बिशेषज्ञ […]