एकै दिनमा बाँकेका ८ वटै पालिकामा माओवादीको बैठक सम्पन्न

  ।   २०८० भाद्र ९, शनिबार २२:२१

सबिता चन्द

बाँके । माओवादी केन्द्रका जिल्ला तहदेखि केन्द्रसम्मका नेताहरूलाई भ्याइनभ्याई छ । माओवादी केन्द्रिय समितिको बैठकले  ‘घर-घरमा माओवादी, जन-जनमा माओवादी’ भन्ने नाराका साथ गाउँ गाउँमा पस्ने निर्णयसँगै माओवादीका नेताहरू विकेन्द्रीकरण भएर देशका सबै पालिकामा खटिएका छन् । ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ माओवादी केन्द्रले देशैभर भदौ १६ गते एकै दिन सुरु गर्ने भएपछि त्यसैको तयारीमा नेताहरू जुटेका हुन् ।

त्यसै योजनालाई पूरा गर्न बिहिवार बाँके जिल्लाका ८ वटै पालिकामा पालिका स्तरीय बैठक सम्पन्न गरिएको छ । माओवादी केन्द्र बाँके जिल्ला संयोजक नरेन्द्र प्रसाद पाण्डेका अनुसार सो अभियान सफल पार्न जिल्लाका सबै पालिकामा पालिका स्तरीय बैठक गरेको बताउनु भयो । पालिकाका बैठकमा माओवादी केन्द्र बाँके जिल्ला इन्चार्ज कुल प्रसाद केसी र जिल्ला संयोजक नरेन्द्रप्रसाद पाण्डे (जेम्स) ले सम्बोधन गर्नु भएको थियो भने नेपालगन्ज उपमहानगरपालिकाको बैठकमा माओवादी केन्द्रका केन्द्रिय उपमहासचिव मातृका यादवको समेत उपस्थिति रहेको थियो ।

इन्चार्ज पुर्व मुख्यमन्त्री सोनामले पनि पालिकाको बैठकमा प्रमुख अतिथि भएर पार्टी कार्यकर्तालाई सम्बोधन गर्नु भएको थियो । माओवादीको रुपान्तरण अभियानलाई साकार पार्न माओवादीका नेता-कार्यकर्ता एकजुट भएर लागेको बताउनु भयो ।

त्यस्तै संयोजक जेम्सले पार्टीलाई समाजवादी अभियानमा रुपान्तरण गर्न पार्टी सत्ता, राज्य सत्ता र सामाजिक सत्तालाई एक अर्कामा जोड्दै सुशासन, सामाजिक न्याय र समृद्धिको महाअभियान सफल पार्न जनतासँग एकाकार अभियानको मूल उद्देश्य रहेकोले सबै लाग्नुपर्ने बताउनु भयो ।

उहाँले जोड दिदै भन्नुभयो, ‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने, बामपन्थी एवं समाजवादी धारको जगमा राष्ट्रिय शक्तिको विकास गर्दै समाजवादको आधार तयार गर्ने अभियभानको उद्देश्य हो,’ पुन: उहाँले थप्नु भयो, ‘अभियानलाई प्रभावकारी रुपमा सफल पार्न सबै नेता-कार्यकर्ता लाग्नुपर्छ ।’

जिल्लाका ८ वटै पालिकामा पार्टी संगठन सुदृढ गर्ने, जिल्लाका ८१ वडाहरूमा पार्टी संगठन सुदृढ एवं विस्तार गर्ने, हजारौं पार्टी सदस्यहरूलाई परिचालन गर्ने र लाखौं जनताका घर घरमा पुगेर उहाँहरुका आवाज सुन्ने योजना रहेको अध्यक्ष जेम्सले बताउनु भयो ।


Next Post

बाँके युनेस्कोद्धारा अपाङ्गता भएका ३० जनालाई ट्राईसाईकल वितरण

२०८० भाद्र ९, शनिबार २२:२१
नेपालगन्ज । बाँकेका ६ वटा पालिकाका अपाङ्गता तथा फरक क्षमता भएका ३० जनालाई बाँके युनेस्को क्लबले नेपालगन्जमा ट्राईसाईकल ( तीन पांग्रे हाते साईकल ) वितरण गरेको छ । कतार च्यारिटीको सहयोगमा बाँके युनेस्को क्लबले नेपाल एकीकृत बिकास परियोजना अन्तरगत आइतवार एक कार्यक्रमको आयोजना गरेर उनीहरुलाई ट्राईसाईकल बितरण गरेको हो । […]

सम्बन्धित समाचार