बाँके । क्षेत्र नं. ३ (क) का मतदाताले नेकपा माओवादी केन्द्रका नेता तथा गठबन्धनका साझा उम्मेदवार इन्द्रप्रसाद खरेल (आइपी) लाई रोजेका छन् । बैजनाथामा आयोजना गरेको चुनावी सभामा मतदाताले सो कुरा भनेका हुन् ।
<span;>लामो समय विवाद मै रुमलिएको यस क्षेत्रमा आइपी पुराना नेता र प्रतिबद्ध नेताका रुपमा चिनिदै आउनुभएको छ । आइपीले आफ्नो कार्यकालमा निकै रचनात्मक काम गरेको जनताले बताए । माओवादी केन्द्रको चुनाव चिन्ह हसिया हथौड़ामा मतदान गर्न गठबन्धनलाई माया गर्ने मतदाताहरु आतुर रहेको सो क्षेत्रका कार्यकर्ताहरुले बताए । यतिखेर घरदैलो कार्यक्रममा ब्यस्त रहनु भएका आइपीलाई मतदाताको साथ र समर्थन बढ्दै गएको छ । माओवादी केन्द्र कै एउटा धारले पार्टीलाई असहयोग गरे पनि पार्टीका प्रतिबद्ध नेता कार्यकर्ताले गोलाकार भित्रको हसिया थौड़ाको चिन्ह भएको झण्डा बोकेर गाउँ राताम्मे बनाएका छन् । पार्टीमा ६ बर्ष संयोजक समेत रहेर योगदान पुराउनु भएका नेतालाई हामी चटक्क कहाँ बिर्सन सक्छौंर त्यसैले प्रचारप्रसारमा छौँ एक पालिका स्तरीय नेताले बताउनु भयो । अगिल्लो पटक जित निकाल्नु भएका नेता आइपी यसपटक पनि सोही जित कायम गर्न लागि पर्नु भएको छ ।