सन् २०२७ को यू–१९ महिला विश्वकप नेपाल र बंगलादेशमा हुने

  ।   २०७९ कार्तिक २७, आईतवार १२:३४

संवाददाता ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सन् २०२७ मा हुने १९ बर्षमुनिको महिला विश्वकपमा नेपाललाई सहआयोजक बनाएको छ ।

आईसीसीले २०२७ मा नेपाल र बंगलादेशलाई संयुक्त रुपमा १९ बर्षमुनिको महिला विश्वकप आयोजनको अवसर दिएको हो ।

आईसीसीको बोर्ड बैठकले नेपालसहित बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड, जिम्बावे र नामिवियलाई सन् २०२४ देखि २०२७ सम्ममा आईसीसी यू–१९ प्रतियोगिताको जिम्मा दिने निर्णय गरेको हो ।

जसअनुसार सन् २०२७ को यू–१९ महिला विश्वकप नेपाल र बंगलादेशमा हुने छ । त्यसअघि सन् २०२५ को प्रतियोगिता भने मलेसिया र थाइल्याण्डले आयोजना गर्ने छन् ।

यस्तै सन् २०२४ को यू–१९ क्रिकेट विश्वकप श्रीलंकामा र २०२६ को प्रतियोगिता जिम्बावे र नामिबियामा आयोजना हुने आईसीसीले जनाएको छ ।

यू–१९ महिला विश्वकप आयोजनाको अधिकार पाएको नेपालको महिला टिमले अहिलेसम्म विश्वकप खेलेको छैन । सन् २०२३ को पहिलो संस्करणको यू–१९ महिला विश्वकप दक्षिण अफ्रिकामा आयोजना हुँदैछ ।

उक्त विश्वकपको लागि नेपाललले एसियाली क्षेत्रको छनोट खेलेको थियो । तर तेस्रो हुँदै छनोट हुन असफल भयो । नेपालको पुरुष सिनियर टिमले सन् २०१४ मा टी–२० विश्वकप खेलेका थिए ।

यस्तै यू–१९ पुरुष टिमले पनि विश्वकपमा सहभागिता जनाइसकेको छ ।

क्यानले भन्यो– गर्वको विषय

नेपालले विश्वकपको आयोजना गर्ने अवसर पाउनु गर्वको विषय भएको नेपाल क्रिकेट संघ क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले बताउनुभयो ।

‘बंगलादेश र हामी मिलेर २०१७ को यू–१९ महिला विश्वकपका लागि बिडिङ गरेका थियौं । त्यसमा आईसीसीले हामीलाई सह–आयोजक भनेर तोकेको छ । यो अहिलेसम्मकै ठूलो उपलब्धी हो,’ मल्लले भन्नुभयोे ।

उहाँले विश्वकपका लागि नेपालको पाँच भेन्यूको नाम आईसीसीलाई पठाएको बताउनुभयो । उहाँले थप्नुभयो, ‘आईसीसी प्रतिनिधि आएर हाम्रो २ भेन्युलाई विश्वकप आयोजनाका लागि मान्यता दिनेछ । नेपालको दुई र बंगलादेशको दुई भेन्यूमा यू–१९ महिला विश्वकप हुनेछ ।’

Next Post

स्वर्गीय दामोदरको विरासत लिदै अकल बम

२०७९ कार्तिक २७, आईतवार १२:३४
नेपालगन्ज । मंसिर ४ चुनाव नजिकिदै गर्दा बाँके क्षेत्र नं. २(२) माओवादी तर्फका उम्मेदवार अकल बहादुर बमले सफल व्यवसायी उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष स्वर्गीय दामोदर आचार्यलाई सम्झिनु भएको छ । स्व. आचार्यको सम्बन्ध नेपालगन्जका पहाडी, मधेसी र मुस्लिमहरुसँग निकै प्रगाढ थियो । उनी लोकप्रिय थिए । अहिले माओवादी उम्मेदवार […]