स्वर्गीय दामोदरको विरासत लिदै अकल बम

  ।   २०७९ कार्तिक २८, सोमबार ०८:०७


नेपालगन्ज । मंसिर ४ चुनाव नजिकिदै गर्दा बाँके क्षेत्र नं. २(२) माओवादी तर्फका उम्मेदवार अकल बहादुर बमले सफल व्यवसायी उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष स्वर्गीय दामोदर आचार्यलाई सम्झिनु भएको छ । स्व. आचार्यको सम्बन्ध नेपालगन्जका पहाडी, मधेसी र मुस्लिमहरुसँग निकै प्रगाढ थियो । उनी लोकप्रिय थिए । अहिले माओवादी उम्मेदवार बम पनि नेपालगन्जका सम्पुर्ण समुदायका लोकप्रिय पात्रका रुपमा चिनिन थाल्नु भएको छ । स्व. आचार्यको विरासत बमले अझ उचाइमा लग्न थाल्नु भएको छ ।

पार्टीमा खासै ठूलो स्थान नपाए पनि आचार्य एउटा गतिलो सिपाहीको रुपमा नेपालगन्जका भरोसा लाग्दा नेता थिए । उनको निधनपछि नेपालगन्जमा माओवादी भित्र उचाईमा पुगेका नेता भएपनि बाहिर समाजमा जनताले पत्याउने नेता अब जन्मिदैनन कि भन्ने चिन्ता र चासो नेपालगन्ज बासीको थियो । हुन पनि स्थानीय चुनावले त्यस्तै छनक दियो । गठबन्धन भित्र नेपालगन्जमा माओवादीको हैसियत दोस्रो भएपनि कुनै स्थान नपाएपछि नेपालगन्जिया माओवादी भित्र निराशा छाएको थियो । तर पनि स्थानीय चुनावमा नेपालगन्जमा माओवादी केन्द्रले ४ वटा वडामा सजिलै जित हासिल गर्न सक्यो । यसले नेपालगन्ज भित्रका माओवादीमा एक प्रकारको उत्साह थपियो । संघीय र प्रादेशिक चुनावमा पनि यस क्षेत्रबाट माओवादी उम्मेदवार तुहाउने खेल भैरहेको थियो । तर प्रदेश सहसचिव समेत हुनुभएका बम र पालिका पार्टीले कुनै पनि हालतमा बाँके २(२) को उम्मेदवारी छाड्न मानेन । उता नेपाली कांग्रेसले पनि नमान्ने अड्डि कसेपछि अहिले मित्रवत प्रतिस्पर्धामा माओवादी र कांग्रेस मैदानमा छन् ।

माओवादी एक्लै मैदानमा हुँदा माओवादीमय बन्दै गएको माओवादी नेपालगन्ज नगर अध्यक्ष रतन शाही बताउनु हुन्छ । माओवादी लुम्बिनी प्रदेश सदस्य नवीन शर्माको संयोजकत्वमा गठन भएको चुनाव प्रचारप्रसार समिति यतिखेर घुढा धसेर लागेको छ । अरु पार्टी भित्र चर्को विवाद हुदा माओवादी भित्र एकजुट भएर चुनावी प्रचारप्रसार, घरदैलो अभियानमा लागेको छ । क्षेत्र नं. २(२) का १४ वटा वडामा पटकपटक पुग्नु भएका बमको माहोल सकारात्मक छ । मतदाता बमलाई जितेको हेर्न चाहन्छन् भन्दै बमलाई मतदाताको घरमा लान कार्याकर्तालाई तछाड र मछ्डा भएको व्यवसायी टंक धामी बताउनु हुन्छ । ´मधेसी र मुस्लिमका प्रमुख एजेन्डा माओवादीले नै उठाएको हो भन्दै मुस्लिम, मधेसी मतदाताले माओवादी नेता बमलाई स्वागत गर्छन् ` व्यवसायी तारा रोकाय/खत्रीले बताउनु भयो ।    बम युवा अनि फ्रेस उम्मेदवार भएकोले पनि यतिखेर मतदाताको आकर्षण बम प्रति छ । नेता बमलाई दैनिक मतदाताले भेटेरै बधाई दिने गरेको पनि बाहिरिएको छ । नेता बमको कामगर्ने शैली निकै आकर्षक छ । उहाँले खेलकुदको नेतृत्व लिदा खेल क्षेत्रमा निकै उत्साह थियो । थुप्रै विकास हुनसके । बमले पनि भन्दै आउनु भएको छ ।´ जितेर गएपछि जनताको काम गर्न सकिन भने फेरि फेरि मत माग्न जनताको घरदैलोमा आउदैन ।` बम त्यागी नेताहरु मध्यका एक नेताको सुचीमा पर्नु हुन्छ । अहिलेसम्म कुनैपनि चुनावमा भाग नलिएर सघाउदै आउनु भएका बम लामो समयदेखि राजनीति गर्दै आउनु भएको हो । राजनीति सेवा मुलक हुनुपर्छ भन्ने भनाइ राख्ने नेता बमले पटक पटक जेल जीवन विताउनु भएको छ । ठकुरी परिवारमा जन्मिनुभएका नेता बमको स्वभाव हैकम बादी छैन । मुसुक्क हाँसेर उत्तर दिने बम सबै नेपालगन्ज बासीको सेवक बनेर प्रमाणित गर्ने बताउनु हुन्छ । 

Next Post

नरैनापुरको मुहार फेर्नेछौ : गठबन्धनका उम्मेदवारहरु अथक र नमुना

२०७९ कार्तिक २८, सोमबार ०८:०७
कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य कृष्णा केसी नमुनाले बिगतको कामको आधारमा आफुहरुले पुन मत माग्ने अधिकार रहेको भन्दै पुन अत्याधिक मत दिएर बिजयी गराउन आग्रह गरिने । उनले आफुहरुको आगामी कार्यकाल बिकासको बर्ष हुने दाबि गरिन । कार्यक्रममा बोल्दै नेपाली काग्रेसका केन्द्रिय सदस्य मैकुलाल बाल्मीकीले अथक र नमुना बाहेक अन्य […]