खजुरामा खुल्ला जुनियर जुडो प्रतियोगिता शुरु

  ।   २०७९ फाल्गुन ५, शुक्रबार १८:१३

संवाददाता, बाँके ।

बाँकेको खजुरा गाउँपालिकामा आजदेखि राष्ट्रियस्तरको जुडो प्रतियोगिता शुरु भएको छ ।

खजुरामा रहेको मंगोलियन जुडो डोजोले खजुरा गाउँपालिकाको सहकार्यमा पालिकाको वडा नम्बर ३ मा रहेको ज्ञानोदय नमुना माविको प्रांगणमा ‘दोस्रो खुल्ला जुनियर जुडो प्रतियोगिता २०७९’ आयोजना गरेको हो ।

प्रतियोगिताको खजुरा गाउँपालिकाका उपाध्यक्ष मञ्जु मल्लले बेल्ट हस्तान्तरण गरेर शुरु गर्नुभयो । उहाँले खजुरालाई चिनाउन जुडो प्रतियोगिताले सहयोग गरेको बताउनुभयो । उहाँले खजुरा जुडोको हब बन्दै गए पनि जुडोको लागि कुनै पनि भवन नभएकोले पालिकाले भवन निर्माणका लागि आगामी वर्षदेखि काम गर्ने बताउनुभयो ।

यस्तै वडा नम्बर ३ का वडा अध्यक्ष पूर्णबहादुर भण्डारीले खजुराको वडा ३ ले खेलकुदमा फड्को मार्दै गएको बताउनुभयो । उहाँले वडामा हुने खेलकुदका गतिविधिका लागि वडाले सधैं सहयोग र सहकार्य गर्ने बताउनुभयो ।

त्यस्तै ज्ञानोदय नमुना माविका प्रध्यानाध्यापक ऋषिराम सापकोटाले जुडो खेलको माध्यामबाट ज्ञानोदयका खेलाडीले अन्तर्राष्ट्रियस्तर सम्मको प्रतियोगितामा सहभागिता जनाएको बताउनुभयो ।

मंगोलियन जुडोका अध्यक्ष विजय गुरुङले खजुरामा जुडो खेलको संरक्षणका लागि प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । शनिबारसम्म संचालन हुने प्रतियोगितामा बाँकेसहित बर्दिया, सुर्खेत, दाङ, महेन्द्रनगर, धनगढी, कास्की लगायतका जिल्लाबाट ९ टिमले सहभागिता जनाएका छन् ।

करिब १ सय ५० खेलाडी र १८ जना अफिसियलको सहभागिता रहेको प्रतियोगितामा कुनै पनि टिमले निःशुल्क रुपमा सहभागिता जनाउन सक्ने व्यवस्थापक संयोजक निकेश लामिछानेले बताउनुभयो । प्रतियोगिता अवधीभर खाना र आवासको व्यवस्था पनि आयोजकले निःशुल्क गरेको छ ।

प्रतियोगितामा पुरुषतर्फ ८ विधामा ३० केजीदेखि ६० केजी र ओपन खेलहरु खेलाइने छ भने महिलातर्फ पनि ८ विधामा ३२ केजीदेख ५७ र ओपन खेलहरु खेलाइने छ । साथै प्रतियोगितामा २५ केजीतर्फको पनि खेल खेलाइने छ ।

प्रतियोगितामा विजेता खेलाडीलाई स्वर्ण, रजत र दुई कास्य विधामा पुरस्कृत गरिने छ भने वेष्ट पुरुष र महिला खेलाडीलाई नगद २ हजार ५ सय रुपैयाँसहित मेडलले सम्मान पनि गरिनेछ ।

यसअघि २०७५ सालमा पहिलो लुम्बिनी प्रदेश स्तरीय जुडो प्रतियोगिता सोही स्थानमा भएको थियो ।

विक्रम बुढाक्षेत्रीको सहयोगमा…

Next Post

रोजगारदाताहरुलाई अभिमुखिकरण

२०७९ फाल्गुन ५, शुक्रबार १८:१३
संवाददाता, नेपालगंज । बाँके युनेस्को क्लबले बर्दियाको गुलरियामा रोजगारी सृजनाका लागि रोजगारदाताहरुलाई अभिमुखिकरण गराईएको छ । प्लान नेपालको सहयोगमा क्लबद्वारा सञ्चालन गरिएको पर्ल परियोजना अन्तरगत रोजगारदाताहरुलाई अभिमुखिकरण गराईएको हो । सेवा प्रदायक संस्था, फर्म, कम्पनी, बिद्यालय, सहकारी, होटेल व्यवसायी, उद्योग बाणिज्य संघका प्रतिनिधि, श्रमिकहरुविच लैङ्गिक समानता र श्रम ऐन सम्बन्धि छलफल […]