संवाददाता, नेपालगंज ।
बाँके युनेस्को क्लबले बर्दियाको गुलरियामा रोजगारी सृजनाका लागि रोजगारदाताहरुलाई अभिमुखिकरण गराईएको छ ।
प्लान नेपालको सहयोगमा क्लबद्वारा सञ्चालन गरिएको पर्ल परियोजना अन्तरगत रोजगारदाताहरुलाई अभिमुखिकरण गराईएको हो ।
सेवा प्रदायक संस्था, फर्म, कम्पनी, बिद्यालय, सहकारी, होटेल व्यवसायी, उद्योग बाणिज्य संघका प्रतिनिधि, श्रमिकहरुविच लैङ्गिक समानता र श्रम ऐन सम्बन्धि छलफल गराईयो । जसको सहजीकरण अधिवक्ता राजकुमार थारूले गर्नुभएको थियो ।
युवा महिलालाई विभिन्न रोजगारदाताको निकायमा रोजगार दिलाउन सहयोग पुग्ने वातावरण बनाउन तथा लैङ्गिक समानता कायम गरेर मर्यादित काममा लाग्न सहजताका लागि अभिमुखिकरण गरिएको पर्ल परियोजनाका संयोजक गोविन्द लामिछानेले जानकारी दिनुभयो ।