१७८ औं मुलुकसँग नेपालको कूटनीतिक सम्बन्ध कायम

  ।   २०७९ फाल्गुन ८, सोमबार १४:४९

संवाददाता ।

नेपालले १७८ औं मुलुकसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको छ । नेपाल र मलावीबीच बिहीबार द्वीपक्षीय कूटनीतिक सम्बन्ध स्थापना भएको हो ।

न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको लागि नेपालका राजदूत अमृतकुमार राई र न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको लागि मलावीकी राजदूत एग्नेस मेरी चिम्बिरी–मोलान्डेबीच दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना गर्ने संयुक्त पत्रमा हस्ताक्षर भएको हो ।

मलावी दक्षिण पूर्वी अफ्रिकाको भूपरिवेष्ठित राष्ट्र हो । परराष्ट्र मन्त्रालयका अनुसार यससँगै नेपालको कूटनीतिक सम्बन्ध रहेका देशको संख्या १७८ पुगेको छ ।

इकान्तिपुरबाट

Next Post

“विश्वको सुरक्षा प्रस्ताव : सुरक्षा दुविधा समाधान गर्ने चिनियाँ योजना” मञ्च बेइजिङमा शुरु

२०७९ फाल्गुन ८, सोमबार १४:४९
संवाददाता । “विश्वको सुरक्षा प्रस्ताव : सुरक्षा दुविधा समाधान गर्ने चिनियाँ योजना” शीर्षकको मञ्च आजदेखि बेइजिङमा सुरू भएको छ । चिनियाँ परराष्ट्रमन्त्री छिन काङले उद्घाटन समारोहमा सम्बोधन गर्दै चीनबाट “विश्वको सुरक्षा प्रस्तावसम्बन्धी दस्तावेज” सार्वजनिक भएको घोषणा गर्नुभएको छ । उहाँका अनुसार, उक्त दस्तावेजले राष्ट्राध्यक्ष सी चिनफिङबाट प्रस्तुत विश्वको सुरक्षा प्रस्तावको […]

सम्बन्धित शीर्षक