पुर्व मन्त्री नमुनाको चासो राप्तिसोनारी र नरैनापुरको सुरक्षामा

  ।   २०८० आश्विन ९, मंगलवार ०९:३५

बाँके । लुम्बिनी प्रदेश सांसद कृष्णा केसी (नमुना)ले राप्तीसोनारी र नरैनापुरको सुरक्षा अवस्थाको बारेमा चासो राख्नुको भएको छ । सुरक्षा अवस्थाबारे चासो राख्दै उहाँले इलाका प्रहरी कार्यालय भगवानपुरमा सो क्षेत्रका सुरक्षा अधिकारीहरूसँग छलफल गर्नु भयो ।

भगवानपुरका प्रहरी प्रमुख प्रहरी निरीक्षक राजन रायमाझी तथा मातहतका प्रहरी अधिकारीसँग पूर्वमन्त्रीसमेत रहनु भएकि सांसद नमुनाले पछिल्लो सुरक्षा अवस्थाबारे छलफल गर्नु भएको थियो । सुरक्षा अवस्थाका बारेमा जानकारी लिँदै उहाँले प्रहरीको भौतिक अवस्थाका बारेमा चासो राख्नु भएको छ ।

राप्तीसोनारी गाउँपालिका–६ र ७ तथा नरैनापुर गाउँपालिकाका सबै वडाहरू कार्यक्षेत्र रहेको इलाका प्रहरी कार्यालय भगवानपुर नरैनापुरमा यहाँको सुरक्षा अवस्था, मातहतका प्रहरी कार्यालयको भौतिक अवस्थालगायतको विषयमा छलफल भएको सांसद नमुनाले जानकारी दिनु भयो ।

पक्की सडकको पहुँच पुगेसँगै सडक दुर्घटनासमेत बढ्दै गइरहेकोमा उहाँले चासो राख्दै सडक दुर्घटना न्यूनीकरणमा प्रहरीले भूमिका खेल्नुपर्ने बताउनु भयो । ‘केही वर्षयता यो क्षेत्रमा पक्की सडक पहुँच पुगेको छ । कतिपय स्थानमा बन्ने क्रममा छन्,’ सोही क्षेत्रबाट निर्वाचित सांसद नमुनाले भन्नुभयो, ‘अब यहाँका नागरिकलाई ट्राफिक नियमसम्बन्धी प्रहरीले सचेतना दिनुपर्छ ।’

यस क्षेत्रमा पछिल्ला दिनहरूमा सवारी दुर्घटना र चोरीका घटनाहरू बढिरहेकाले जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउन सुरक्षाकर्मीहरूलाई निर्देशन दिइएको सांसद नमुनाले बताइन् । नेपालीका ठूला चाडपर्वहरू आउँदै गरेकाले यस क्षेत्रको सुरक्षा व्यवस्था चुस्तदुरुस्त राख्न उहाँले सुरक्षाकर्मीहरूलाई आग्रह गर्नु भएको थियो ।

इलाका प्रहरी कार्यालय भगवानपुरको अत्याधुनिक भवन बनेर प्रयोगमा आइसकेको बताउँदै सांसद नमुनाले अब आफू अन्य प्रहरी चौकीको भौतिक संरचना निर्माण गर्नमा केन्द्रित रहने प्रतिबद्धता जनाउनु भयो । छलफलमा इलाका प्रहरी कार्यालय भगवानपुरका साथै त्यस मातहतका कार्यालयका प्रमुखहरूको सहभागिता रहेको थियो ।

Next Post

आपतकालीन बाढी प्रतिकार्य परियोजनाको जिल्ला तथा पालिकास्तरीय समापन बैठक सम्पन्न

२०८० आश्विन ९, मंगलवार ०९:३५
नेपालगन्ज । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा स्टार्ट फन्ड युकेको आर्थिक सहयोगमा बर्दिया जिल्लाको चार वटा पालिकाहरुमा सञ्चालन गरिएको ४५ दिने आपतकालीन बाढी प्रतिकार्य परियोजनाको जिल्ला तथा पालिकास्तरीय समापन बैठक सम्पन्न भएका छन् । बर्दियाको गुलरिया नगरपालिका, बाँसगढी नगरपालिका, बारबर्दिया नगरपालिका र ठाकुरबाबा नगरपालिकामा आएको बाढीबाट […]