आपतकालीन बाढी प्रतिकार्य परियोजनाको जिल्ला तथा पालिकास्तरीय समापन बैठक सम्पन्न

  ।   २०८० आश्विन ९, मंगलवार १२:१६

नेपालगन्ज । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा स्टार्ट फन्ड युकेको आर्थिक सहयोगमा बर्दिया जिल्लाको चार वटा पालिकाहरुमा सञ्चालन गरिएको ४५ दिने आपतकालीन बाढी प्रतिकार्य परियोजनाको जिल्ला तथा पालिकास्तरीय समापन बैठक सम्पन्न भएका छन् ।

बर्दियाको गुलरिया नगरपालिका, बाँसगढी नगरपालिका, बारबर्दिया नगरपालिका र ठाकुरबाबा नगरपालिकामा आएको बाढीबाट प्रभावित भएका परिवारको राहतकालागि सञ्चालन गरिएको आपतकालीन बाढी प्रतिकार्य परियोजनाको जिल्ला तथा पालिकास्तरीय परियोजना समापन बैठक बर्दियाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिजालको अध्यक्षतामा सम्पन्न भएको छ ।

बैठकमा परियोजनाका कार्यक्रम संयोजक मनोज पौडेलले राहात र सहयोगका लागि चारवटै पालिकामा सञ्चालन गरिएका क्रियाकलाप, सिकाई र चुनौतीहरुका बारेमा विस्तृत रुपमा प्रस्तुती गर्नु भएको थियो । सोही प्रस्तुतीको आधारमा बैठकका सहभागिहरुविच छलफल र अन्तरक्रिया गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो ।

सो अवसरमा बोल्दै बर्दियाका प्रमुख जिल्ला अधिकारी रिजालले एक्कासी जिल्लामा बाढी आएर आपतकालीन अवस्था सृजना भएको बेला बाढी प्रभावित अति विपन्न तथा गरीब परिवारलाई प्लान र युनेस्कोले गरेको सहयोग प्रशंसनीय रहेको बताउनु भयो ।
परियोजना अन्र्तगत पीडित परिवारहरुलाई, डिगनिटी तथा हाईजिन किट, खाद्य तथा पोषण सामग्री, धारा तथा शौचालय मरम्मत र निर्माण र डुबान क्षेत्रमा सडक र नाली निर्माणको काममा समुदायलाई परिचालन गरी कामकालागि नगद प्रदान गरिएको परियोजनाका संयोजक मनोज पौडेलले बताउनुभयो ।

सो समापन बैठकमा प्लान नेपालका आपतकालीन प्रतिकार्य प्रबन्धक नीलम पराजुली खनाल, स्पान्सरसिप संयोजक जनक गिरि, अनुगमन मुल्यांकन शोध सिकाई अधिकृत हसरत अली कसगढ, परियोजना अधिकृत विमल गैरे, बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक साजिद अली सिद्दीकी, परियोजना अधिकृत गोविन्द लमिछाने र फील्ड सुपरवाइजर राधेश्याम समेतको उपस्थिति रहेको थियो ।

सोही अनुसार सम्बन्धित चारै वटा पालिकाहरुमा पनि परियोजना समापन बैठक सम्पन्न भएको बाँके युनेस्को क्लबले जनाएको छ । ती परियोजना समापन बैठकहरुमा गुलरिया नगरपालिकाका उपप्रमुख सावित्रा गौतम, बाँसगढी नगरपालिकाका उपप्रमुख इन्दिरा चौधरी, बारबर्दिया नगरपालिकाका उपप्रमुख रत्ना कुमारी पाण्डे र ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालको उपस्थिति रहेको थियो ।          सो परियोजना अन्तर्गत चारवटै पालिकामा ८० परिवारलाई डिगनिटि किट, ८० परिवारलाई हाइजिन किट, २०० परिवारलाई खाद्यान्न सहयोग, १५० परिवारलाई पोषणयुक्त खाद्यान्न वितरण, २४० वटा खानेपानी धारा र शौचालय मर्मत सम्भार तथा निर्माण गरिनुका साथै आठ स्थानमा कामका लागि नगद कार्यक्रम गरेर सो बापत नगद सहयोग पनि प्रदान गरिएको बाँके युनेस्को क्लबले जनाएको छ ।

Next Post

बर्दियाका चार नागरीक समाज संजाललाई क्षमता विकास तालिम

२०८० आश्विन ९, मंगलवार १२:१६
नेपालगन्ज । बर्दियाको ठाकुरद्वारामा नागरिक समाज संजालको क्षमता बिकास, प्रतिबेदन तथा दस्तावेजिकरण सम्बन्धि तीन दिने तालीम सम्पन्न भएको छ । प्लान ईन्टरनेशनल नेपालसँगको साझेदारीमा बाँके युनेस्को क्लबद्धारा बर्दिया जिल्लामा संचालन गरिएको बाल बिवाह, चाँडै बिवाह र जबरजस्ती गरिने बिवाह रोकथाम परियोजना अन्तरगत संस्थागत बिकास र बाल बिबाह न्यूनीकरणका लागि संजालको […]