संवाददाता, नेपालगंज।
बाँकेमा कोरोनाको संक्रमण दिन प्रति दिन बढ्दै गएको छ । जिल्ला कोभिड ब्यवस्थापन केन्द्र (डीसीएमसी) बाँके ले आज सार्वजनिक गरेको विवरण अनुसार फेरी १०७ जना नयाँ संक्रमित थपिएका छन ।
बाँकेका ३ वटा ल्यावमा गरिएको १६७ जनाको जाँचमा सबैभन्दा बढी भेरी अस्पताल नेपालगंजको प्रयोगशालाबाट ७० जना संक्रमित फेला परेका हुन ।
यो सगैं बाँकेका सक्रिय कोरोना संक्रमितहरुको संख्या ७८ जना पुगेको छ । जसमध्ये ३८ र पुरुष ४० जना रहेका छन । बाँकेका कोभिड फोकल पर्सन तेज ओलीका अनुसार जिल्लामा अहिले कोरोनाको संक्रमण दर ६४.०७ प्रतिशत पुगेको छ ।