सबिता चन्द
नेपालगन्ज । प्रेस सेन्टर नेपालको २१औँ स्थापना दिवस तथा वार्षिकोत्सवका अवसरमा प्रेस सेन्टर नेपाल बाँकेले शुभकामना आदानप्रदान एवम् निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम गरेर मनाएको छ । नेपाल कम्युस्टि पार्टी ९माओवादी केन्द्र०की स्थायी कमिटी सदस्य, बाँके जिल्ला इन्चार्ज एवम् संविधानसभाकी पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदीले देशमा भएका परिवर्तनशील आन्दोलनमा पत्रकार जगतको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।
पूर्वउपसभामुख सुवेदीले भन्नुभयो, “देशमा हालसम्म भएका हरेक परिवर्तनका आन्दोलनमा पत्रकार जगतको महत्वपूर्ण भूमिका रहँदै आएको छ, कहिले आफैँले नेतृत्व गरेर त कहिले आन्दोलनका बारेमा कलम चलाएर जनतालाई सुसूचित बनाएर आन्दोलित हुने वातावरण तयार गराएर पत्रकार जगतले सधैँभरी महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।”
हरेक व्यक्तिको आफ्नो विचार र आस्था स्वतन्त्र रुपमा राख्न पाउने अधिकार भएको भन्दै उहाँले भन्नुभयो, “हरेक व्यक्ति स्वतन्त्र हुन्छ, व्यक्तिले आफ्नो विचार र आस्था स्वतन्त्र रुपमा राख्न पाउँछ, पत्रकार पनि स्वतन्त्र हुनुपर्छ, स्वतन्त्र ढङ्गले समाजलाई परिवर्तन गर्ने दिशामा आफ्नो कलम चलाउनुपर्छ ।” सुवेदीले भन्नुभयो, “जनताका पक्षमा, श्रमजीवि वर्गका पक्षमा र देशका पक्षमा पत्रकारको कलम चल्नुपर्छ ।”
प्रेस सेन्टर नेपालले सहिद कृष्ण सेन इच्छुकलाई भुल्न नहुने भन्दै उहाँले सेनको कार्यशैलीलाई पछ्याउँदै अगाडि बढ्नुपर्ने बताउनुभयो । “सहिद कृष्ण सेन इच्छुक एक कुसल पत्रकार मात्र नभएर कला, कविता तथा साहित्यमा उहाँको राम्रो दख्खल थियो, उहाँकै मार्ग पछ्याउँदै तपाइँहरु पत्रकारितामा लाग्नुभएको छ, उहाँको आदर्श र इतिहासलाई बिर्सिनुहुँदैन ।” उहाँले भन्नुभयो, “सत्यतथ्य ढङ्गले समाचार लेखेर समाजमा हुने अन्याय अत्याचारका विरुद्धमा तपाइँहरुका कलम चल्नुपर्छ ।”
कार्यक्रममा माओवादी केन्द्रका बाँके संयोजक नरेन्द्र पाण्डे जेम्स’ले पछिल्लो समयमा पत्रकारिताका नाममा डर त्रास देखाउने, धम्की दिने, जथाभावी एकपक्षीय रुपमा लेख्ने, चरित्र हत्या गर्ने लगायतका आचारसंहिता विपरित केही पत्रकारहरुले काम गर्दै आएको देखिएको हुँदा यसप्रति सचेत हुँदै पत्रकार आचारसंहिता भित्र रहेर निष्पक्ष र सत्यतथ्यमा आधारित भएर मात्र समाचार लेख्न पत्रकारहरुलाई आग्रह गर्नुभयो ।
निःशुल्क स्वास्थ्य शिविरमा प्राविधिक रुपमा समन्वय गरेको असल छिमेकी सामुदायिक स्वास्थ्य केन्द्रका नाक, कान तथा घाँटीरोग विशेषज्ञ डा।प्रकास बसेलले समाजलाई आँखा देखाउने पत्रकार जगतको निःशुल्क रुपमा स्वास्थ्य चेकजाँच गर्न पाउँदा खुसी व्यक्त गर्नुभयो । उहाँले पत्रकारिता गर्दागर्दै आफ्नो स्वास्थ्यको पनि सँगसँगै ध्यान दिन पत्रकारहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय नीति तथा परामर्श समिति सदस्य सुशील लामिछोन, केन्द्रीय सदस्य शिव सुनार, प्रदेश उपाध्यक्ष प्रदीप वाग्ले, नेपाल पत्रकार महासंघ बाँके शाखा अध्यक्ष नवीन गिरी, प्रेस चौतारी अध्यक्ष कमल डाँगी, प्रेस युनियन अध्यक्ष प्रीयास्मृति ढकाल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । निःशुल्क स्वास्थ्य शिविरमा चार दर्जन बढी पत्रकाहरुको नाक, कान तथा घाँटीरोगको चेकजाँच गरिएको स्वास्थ्य केन्द्रले जनाएको छ ।