खजुरा गाउपालिकाले गर्‍यो जेष्ठ नागरिकलाई सम्मान

  ।   २०८१ माघ १६, बुधबार १३:४२

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकाले  जाडो समयमा जेष्ठ नागरिकलाई सम्मान स्वरुप न्यानो कपडाको रुपमा बल्याङ्केट वितरण गरेको छ ।

मंगलबार एक कार्यक्रमको आयोजना गरि ६० वर्षभन्दा माथिका १ सय १० जना जेष्ठ नागरिकलाई गाउँपालिकाको कार्यालयले बल्याङ्केट वितरण गरेको खजुरा गाउँपालिकाका  महिला तथा बालबालिका शाखा प्रमुख शुशिला न्याेैपानेले जानकारी दिनुभयो ।

बल्याङ्केट वितरण गर्नुहुँदै खजुरा गाउँपालिकाका  अध्यक्ष डम्बर बहादुर विक (तुफान)ले जेष्ठ नागरिकहरू जिउँदो इतिहास भएको बताउनुभयो । उहाँहरू एउटा विश्व विद्यालय हो । विश्व विद्यालयमा लेखिएका पुस्तक पढाइ हुन्छन् भने एक शताब्दी बाच्नुभएका जेष्ठ नागरिकहरूबाट अनुभव र भोगाईको शिक्षा प्राप्त गर्न सकिने उहाँले बताउनुभयो । पाका पुस्ताका अनुभव, युवाको जोस र जागरले मात्रै  देशकाे परिवर्तन सम्भव भएको उल्लेख गर्दै जेष्ठ नागरिकलाई सम्मान गर्न पाएकोमा खुशी व्यक्त गर्नु भयो ।

खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले  स्थानीय सरकार रहेको अनुभूति दिलाउने लक्ष्यले ज्येष्ठ नागरिक सम्मान कार्यक्रम लगायत विभिन्न किसिमका लक्षित कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको बताउनुभयो   ।

बल्याङ्केट लिनुहुँदै जेष्ठ नागरिकहरूले खुसी व्यक्त गर्नुभयो । उहाँहरूले स्थानीय सरकारले समय–समयमा हाम्रा समस्या बुझ्दै आएको छ । आगामी दिनमा पनि स्थानीय सरकारले यसरी नै हाम्रो समस्या बुझ्दै जाओस् भन्ने आग्रह जेष्ठ नागरिकको थियो । सो जेष्ठ नागरिक सम्मान कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बस बहादुर राना, लेखा अधिकृत प्रदिप सुनार, लगायतको उपस्थिति रहेको थियोे ।

Next Post

बालिका शिक्षा कार्यक्रमले जिवन जिउन सिकाएको छ–अलुम्नाई बालिका

२०८१ माघ १६, बुधबार १३:४२
नेपालगन्ज । बर्दियाको राजापुरमा भएको अल्मुनाई मिटअपका सहभागि अलुम्नाईहरुले बालिका शिक्षा कार्यक्रमले जिवन जिउन सिकाएको बताउनु भएको छ। बास नेपालले रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोगमा आयोजना गरेको उक्त कार्यक्रममा सहभागि कक्षा १२ पास अर्थात (अलुम्नाइ) बालिकाहरूले अनुभव आदान प्रदान गर्दै यस्तो बताएका हुन । राजापुर क्षेत्रका विभिन्न बिद्यालय […]

सम्बन्धित शीर्षक