सरकारको विभेदकारी विज्ञापन नीति विरुद्ध बाँके प्रशासनमा पत्रकारहरूको धर्ना

  ।   २०८३ जेष्ठ २९, शुक्रबार १८:३८

नेपालगन्ज । सरकारको विभेदकारी विज्ञापन नीति विरुद्ध बाँके प्रशासनमा धर्ना दिइएको छ । नेपाल पत्रकार महासंघ बाँकेको अगुवाईमा आज विहान ९ बजेदेखि १० बजेसम्म जिल्ला प्रशासन कार्यालय बाँकेको मूल गेटमा पत्रकारहरूले धर्ना दिएका हुन् ।

२०८२ चैत्र १८ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गरेको विभेदकारी र स्वेच्छाचारी सूचना र विज्ञापनसम्बन्धी निर्णय खारेजी, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी संवैधानिक हकको रक्षा र निर्वाध सूचना प्राप्तिको अधिकारका लागि नेपाल पत्रकार महासंघले विगत दुई महिनादेखि दबाबमूलक आन्दोलन सञ्चालन गरिरहेको छ ।

सरकारले महासंघको माग सम्बोधनका लागि पहल नलिएकोले थप आन्दोलनका कार्यक्रम तय भए बमोजिम बाँके शाखाले जिल्ला प्रशासन कार्यालय बाँकेको मूल गेटमा धर्ना दिएको सचिव कृष्ण ओलीले बताए । धर्नामा महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, शाखाका पूर्व अध्यक्षहरू लगायत पत्रकारहरूको सहभागिता थियो ।

धर्ना पश्चात् विभेदकारी विज्ञापन नीति विरुद्ध बाँकेमा संकलित हस्ताक्षर शाखा अध्यक्ष नवीन गिरी नेतृत्वको पत्रकारहरूको टोलीले प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङमार्फत प्रधानमन्त्रीलाई बुझाएको छ । बाँके शाखाले विभेदकारी विज्ञापन नीति विरुद्ध हस्ताक्षर संकलन गरेको थियो ।

Next Post

तीन दिने कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी आधारभूत तालिम सम्पन्न

२०८३ जेष्ठ २९, शुक्रबार १८:३८
बाँके, । जानकी गाउँपालिकाका शिक्षकहरूलाई आधुनिक प्रविधिसँग जोड्दै शिक्षण सिकाइ प्रक्रियालाई थप प्रभावकारी, सिर्जनशील र प्रविधिमैत्री बनाउने उद्देश्यले सञ्चालन गरिएको तीन दिने कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी आधारभूत तालिम सम्पन्न भएको छ। मानव अधिकार संरक्षण तथा प्रवर्द्धन केन्द्र (हुरीपप) बाँकेको आयोजना तथा जानकी गाउँपालिका बाँकेको आर्थिक सहयोगमा सञ्चालित तालिम शुक्रबार सम्पन्न […]

सम्बन्धित शीर्षक