ललितपुरमा आज कफ्र्यु

  ।   २०७७ भाद्र १९, शुक्रबार ०८:१३

ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले शुक्रबार बिहान ४ देखि राति १० बजेसम्म कफ्र्यू आदेश जारी गरेको छ ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार शुक्रबारका लागि बल्खु पुलदेखि मनोहरा पुलसम्मको चक्रपथ क्षेत्रभित्र कफ्र्यु आदेश जारी गरिएको हो ।

कोरोनाको भाइरसको सङ्क्रमण फैलन नदिने उद्देश्यका साथ निषेधाज्ञा जारी भएको अवस्थामा बिहीबार रातो मच्छिन्द्रनाथको रथ तान्ने विषयलाई लिएर पाटन क्षेत्रमा तनाव भएको थियो ।

स्थानीय प्रशासनको अनुमतिविना नै केही युवाले मच्छिन्द्रथानको रथ तान्ने प्रयास गरेपछि प्रशासनले रोकेको थियो ।

निषेधाज्ञाका क्रममा केही युवाले कार्यक्षेत्रमा रहेका ट्राफिक प्रहरीमाथि नै आक्रमण गरेका थिए । शान्तिसुरक्षा र चमनचयन कायम राख्न कफ्र्यु जारी गरिएको जिप्रकाले जनाएको छ । ईमेजखबर

#कफ्र्यु #जिल्ला प्रशासन कार्यालय ललितपुर

Next Post

आयुर्वेदिक औषधिको सेवनले कोरोना निको भयो भन्ने भ्रम नछर्न आग्रह

२०७७ भाद्र १९, शुक्रबार ०८:१३
काठमाडौं । नरदेवी आयुर्वेदिक चिकित्सालयले कोरोनाको औषधि र खोप पत्ता नलागेको समयमा आयुर्वेदिक औषधिको सेवनले कोरोना निको भयो भन्ने भ्रम नछर्न सबैलाई आग्रह गरेको छ । सामाजिक सञ्जालहरुमा आयुर्वेदिक औषधिले संक्रमण निको बनाएको जस्ता भ्रम छर्ने सूचनाहरु आएको भन्दै यस्ता अफवाह नफैलाउन आग्रह गरेको हो । चिकित्सालयका प्रमुख डा। प्रदिप […]