आयुर्वेदिक औषधिको सेवनले कोरोना निको भयो भन्ने भ्रम नछर्न आग्रह

  ।   २०७७ भाद्र १९, शुक्रबार ०८:१५

काठमाडौं । नरदेवी आयुर्वेदिक चिकित्सालयले कोरोनाको औषधि र खोप पत्ता नलागेको समयमा आयुर्वेदिक औषधिको सेवनले कोरोना निको भयो भन्ने भ्रम नछर्न सबैलाई आग्रह गरेको छ ।

सामाजिक सञ्जालहरुमा आयुर्वेदिक औषधिले संक्रमण निको बनाएको जस्ता भ्रम छर्ने सूचनाहरु आएको भन्दै यस्ता अफवाह नफैलाउन आग्रह गरेको हो ।

चिकित्सालयका प्रमुख डा। प्रदिप केसीले महामारी नियन्त्रण गर्न के गर्न सक्छौ भन्ने सोच्न तर नचाहिने हल्ला भने नफैलाउन आग्रह गर्नुभयो ।

केही आयुर्वेदिक औषधिहरु कोरोना रोगमा प्रयोग भए तापनि सोही औषधीले नै निको बनाएको हो भन्ने भ्रम नफैलाउन उहाँको आग्रह छ । ईमेजखबर

#आयुर्वेदिक औषधि  #कोरोना  #नरदेवी आयुर्वेदिक चिकित्सालय

Next Post

एनसेलले ल्यायो आकर्षक ‘ननस्टप’ अफर

२०७७ भाद्र १९, शुक्रबार ०८:१५
काठमाण्डौ । एनसेल आजियाटा लिमिटेडले आफ्ना फोरजी ग्राहकहरुका लागि आकर्षक अफर ल्याएको छ । कम्पनीले आफ्नो अहिले सञ्चालनमा रहेको ननस्टप युट्युब प्लस अफरमा थप विकल्प प्रदान गर्दै अफरहरु ल्याएको हो । यस योजना अन्तर्गत ग्राहकले युट्युब, टिकटक र फेसबुकको ननस्टप मजा लिनुका साथै बोनस डेटाको फाइदा लिन सक्नेछन् । ‘प्लस’ […]

सम्बन्धित समाचार