त्रिकोणात्मक एकदिवसीय क्रिकेटमा आज नेपाल र अमेरिका भिड्ने

  ।   २०७८ आश्विन १, शुक्रबार ०७:१७

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले आज शुक्रबार अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ ।

नेपालले अल अमिरात क्रिकेट मैदानमा अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र अमेरिकाबीचको खेल दिउँसो ४ः१५ बजे सुरु हुनेछ ।

अमेरिकाविरुद्ध मैदान उत्रदा नेपाल जितको खोजीमा हुनेछ । पहिलो भेटमा अमेरिकालाई हराएको नेपाल उच्च मनोबलमा रहेको छ ।

सोमबार भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । आज नेपाल अमेरिकाविरुद्ध लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ ।

पहिलो खेलमा अमेरिकालाई हराएको नेपालले दोस्रो खेलमा भने घरेलु टिम ओमानविरुद्ध ५ विकेटले नै पराजित भएको थियो । यस्तै अमेरिकाले बिहीबार भएको खेलमा ओमानसँग ४ विकेटको हार व्यहोरेको थियो ।

लिग–२ मा नेपाल ६ खेलमा ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ । अमेरिका १४ खेलमा १२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । ओमान १२ खेलमा २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

Next Post

फ्रान्समा कोरोनाविरुद्धको खोप लगाउन नमान्ने तीन हजार स्वास्थ्यकर्मी निलम्बनमा

२०७८ आश्विन १, शुक्रबार ०७:१७
एजेन्सी । फ्रान्समा कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप लगाउन नमान्ने तीन हजार स्वास्थ्यकर्मी निलम्बनमा परेका छन् । फ्रान्सको नयाँ नियमअनुसार झन्डै २७ लाख स्वास्थ्यकर्मी, केयर होममा काम गर्ने र अग्नि नियन्त्रकका लागि खोप अनिवार्य गरिएको छ । तर खोप लगाउन नमानेपछि तीन हजार जनालाई निलम्बन गरिएको बीबीसीले जनाएको छ […]