वृक्षरोपणसँगै नेसपाले गर्‍यो संगठन निर्माण तथा विस्तार अभियानको उद्घाटन 

  ।   २०८० श्रावण १, सोमबार २१:००


नेपालगन्ज । नेपालगन्जको पशुपति मन्दिर परिसरमा वृक्षरोपण गरिएको छ । नेपाल समाजवादी पार्टीले आफ्नो संगठन निर्माण तथा विस्तार अभियानको उद्घाटन सो वृक्षरोपण कार्यक्रमद्वारा गरेको हो ।
अबको राष्ट्रको संकल्प, समाजवादी विकल्प भन्ने मुल नारासहित पुससम्म चल्ने अभियानको नेसपाले आज देशभर बृक्षाराेपण गरी संगठन निर्माण तथा विस्तार अभियानकाे उद्घाटन गरेकाे लुम्बिनी प्रदेश मुख्यसचिव हिक्मत बिकले जानकारी दिनुभयो । पार्टी संगठन निर्माण तथा संगठन बिस्तार अभियानलाइ बाँकेको सम्पुर्ण स्थानिय तह र वडा तहसम्म पुर्याउने लक्ष रहेको नेसपा बाँकेका अध्यक्ष बुध सुनारले बताउनु भयो ।     
बृक्षाराेपण कार्यक्रममा राजनीति समिति सदस्य बेदप्रसाद आचार्य, केन्द्रिय सदस्य सुकैलाल रैदास, लुम्बिनी प्रदेस मुख्यसचिब हिक्मत बि.क., नेपाल समाजबादी युवा संघ केन्द्रिय सदस्य एजाज हल्वाइ नेपाल, समाजबादी बिधार्थी युनियनका केन्द्रिय सद्स्य टेकराज कडेलको उपस्थिती रहेको थियो ।

Next Post

कांग्रेसको केन्द्रीय समिति बैठक शुरु, पहिलो पटक LIVE हेर्नुहोस

२०८० श्रावण १, सोमबार २१:००
संवाददाता । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक शुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा शुरु भएको हो । झन्डै एक वर्षपछि शुरु भएको यो बैठकलाई पार्टीभित्र र बाहिरबाट समेत महत्वका साथ हेरिएको छ । कांग्रेसभित्र एक वर्षको बीचमा विभिन्न विवाद र कलह भए पनि केन्द्रीय समितिको बैठक बस्न […]