मनसुन थप सक्रिय : धेरै ठाउँमा वर्षा, यो हप्ताभरि नै बाढी पहिरोको जोखिम उच्च

  ।   २०७८ भाद्र ७, सोमबार ०७:१५

काठमाडौं । मनसुन थप सक्रिय भएकाले यो हप्ता देशका धेरै ठाउँमा बाढी पहिरोको जोखिम रहेको मौसमविद्ले बताएका छन् ।

यसपालिको मनसुनमा औसतभन्दा धेरै वर्षा भइसकेको छ । यसअघि नै धेरै ठाउँमा जमिन गल्ने गरि पानी परिसकेकाले अब हुने वर्षाले थप जोखिम निम्त्याउने मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार यो हप्ताभरि नै बाढी पहिरोको जोखिम उच्च छ  ।

गएरातिदेखि नै काठमाण्डौ उपत्यकासहित वाग्मती प्रदेशका धेरै ठाउँमा पानी परिरहेको छ । यस्तै, प्रदेश-१, प्रदेश-२, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा पानी परिरहेको मौसमविद् पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार दिउँसाे केहीबेर पानी पर्न रोकिने छ । तर, बेलुकापखदेखि फेरि पानी पर्ने सम्भावना छ ।

भोलि पनि मौसम यस्तै रहने छ । पर्सि र बिहीवार भने देशभर नै लगातारजसो झरी पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले बताउनुभयो । पहाडी क्षेत्रमा भूक्षय, पहिरो तथा गेग्रानसहितको बहावको जोखिम रहेकाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण मनसुनी गतिविधि थप सक्रिय भएको मौसमविद्ले बताएका छन् ।

Next Post

इङ्ग्लिस प्रिमियर लिगमा चेल्सीले आर्सनललाई हरायो

२०७८ भाद्र ७, सोमबार ०७:१५
काठमाण्डौ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले आर्सनललाई पराजित गरेको छ । इमिरेट्स स्टेडियममा गएराति भएको खेलमा चेल्सीले आर्सनललाई २–० गोल अन्तरले पराजित गरेको हो । चेल्सीलाई जिताउन रोमेलु लुकाकु र रीस जेम्सले एकरएक गोल गरे । जितसँगै चेल्सीले दुई खेलमा ६ अङ्क जोडेको छ । चेल्सी तालिकाको शीर्ष स्थानमा […]