चितवन । चितवनमा २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
भरतपुरस्थित कोभिड–१९ परीक्षण प्रयोगशालामा शनिबार राति गरिएको परीक्षणमा चितवनका २७ र सर्लाहीका एक जना गरी २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ ।
संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका मात्रै २१ जना छन । भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र भरतपुर सेन्ट्रल अस्पतालबाट कन्ट्याक ट्रेसिङ्बाट गरिएको स्वब संकलनबाट भरतपुर महानगरपालिका वडा नं।३, ४, ६, ७, १०, १२, १५ र २१ का १० जना पुरुष र ११ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना पोजेटिभ देखिनेहरु २२ दखि ५३ वर्ष उमेर समूहका रहेका छन् । यस्तै रत्ननगरका चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
क्वारेन्टिनमा रहेका रत्ननगर नगरपालिका ५ र १२ का ३ पुरुष र एक महिला रहेका छन् । पुरुषहरू २५, ३२ र ३६ वर्ष उमेर समूहका हुन् भने महिला ३५ वर्षीया हुन ।
त्यसैगरि खैरहनी नगरपालिका ८ का ३९ र ४५ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । उनीहरु दुबै जना क्वारेन्टिनमा थिए ।
यस्तै भरतपुर अस्पतालबाट स्वाब संकलन गरिएका सर्लाहीकी २९ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएका छ ।