भुर्तेलको अध्यक्षतामा नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका वाड नं. १२ को वडा समिति गठन

  ।   २०८१ भाद्र १५, शनिबार १६:२३

नेपालगन्ज । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ को वडा सम्मेलन सम्पन्न भएको छ । वडा अध्यक्षमा शम्भु भुर्तेल सर्वसम्मतिले चयन हुनु भएको छ।

स्थानीय सुनाखरी रेष्टुरेन्ट प्रा.लि. मा भएको वडा सम्मेलनबाट अध्यक्ष पदमा शम्भु भुर्तेल, उपाध्यक्ष पदमा गिता थापा, सचिव पदमा आकाश वर्मा, सहसचिव पदमा आशा बि.क., क‍ोषाध्यक्ष पदमा नुर जहाँ लगायत १५ सदस्यीय सर्वसम्मतिले चयन भएको नव निर्वाचित वडा अध्यक्ष भुर्तेलले बताउनु भयो ।

नेकपा माओवादी केन्द्र नेपालगन्ज नगर अध्यक्ष रतन बहादुर शाहीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले वर्तमान समयमा माओवादी केन्द्रको विकल्प नभएको बताउनु भो। उनीहरूले देशनै माओवादीको एजेन्डामा चलेको हुदा आम जनतालाई उक्त  कुराको जानकारी गराउनुपर्नेमा जोड दिएनु भएको छ । प्रमुख अतिथि शाहीले हिजो माओवादीबाट फुटेका पार्टीको बिचमा छिट्टै पार्टी एकीकरण हुने बताउनु भो ।

नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ का वडा अध्यक्ष तिरथ राम चिडिमारको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी  नगर अध्यक्ष रतन बहादुर शाही, नगर सचिव प्रेम बहादुर शाही, वडा नं १२ इन्चार्ज धर्मराज न्यौपाने, नगर सचिवालय सदस्य शिला श्रेष्ठ, महिला नगर अध्यक्ष मिना डाँगी , नेपाल राष्ट्रिय कर्मचारी संगठन सिटीईभिटी केन्द्रीय उपाध्यक्ष प्रवेश शाह, बौद्धिक व्यक्तित्व भरत पौडेल, दामोदर घिमिरे लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो।

उक्त कार्यक्रम नेपालगन्ज उद्योग वाणिज्य संघ नेपालगन्जका उपाध्यक्ष मन्दिरा पाण्डे, विद्यार्थी नेता मर्मजङ्ग  बम ठकुरी लगायतको उपस्थिति रहेको थियो ।

Next Post

पूर्व प्रधानमन्त्री प्रचण्डद्वारा नेपालगञ्ज रंशगालाको अवलोकन

२०८१ भाद्र १५, शनिबार १६:२३
नेपालगञ्ज । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विहान नेपालगञ्ज रंगशालाको अवलोकन गर्नुभएको छ । सो क्रममा उहाँले नेपालगञ्ज रंगशाला पश्चिम नेपालको खेलकुद क्षेत्रको विकासका लागि महत्वपूर्ण हुने बताउनुभयो । हिजो मात्रै सुर्खेतस्थित कर्णाली प्रादेशिक रंगशालाको अवलोकन गर्नुभएका अध्यक्ष प्रचण्डले पश्चिम नेपालमा खेलकुद संरचनाको विकास हुँदै […]