नेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) नेपालगन्ज उपमहानगरपालिका वडा नं १० को वडा सम्मेलन सम्पन्न भएको छ । वडा अध्यक्षमा दिपक चौधरी सर्वसम्मतिले चयन हुनुभएको छ ।
स्थानीय वडा नं १० मा रहेको गणेश मन्दिरको हलमा भएको वडा सम्मेलनबाट अध्यक्ष पदमा दिपक चौधरी , उपाध्यक्ष पदमा मिना मिश्र , सचिव पदमा रोहित पटहर, सहसचिव पदमा विजय धरुक, कोषाध्यक्ष समिरा धरुक लगायत १७ सदस्यीय समिति सर्वसम्मतिले चयन भएको नव निर्वाचित वडा अध्यक्ष चौधरीले बताउनु भयो ।
नेकपा माओवादी केन्द्र नेपालगन्ज नगर सचिव प्रेम बहादुर शाहीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले वर्तमान समयमा माओवादी केन्द्रको विकल्प नभएको बताउनु भयो । उहँहरुले देशनै माओवादीको एजेन्डामा चलेको हुदा आम जनतालाई उक्त कुराको जानकारी गराउनुपर्नेमा जोड दिनुभएको थियो । प्रमुख अतिथि शाहीले हिजो माओवादीबाट फुटेका पार्टीको बिचमा छिट्टै पार्टी एकीकरण हुने बताउनु भयो ।
नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका वडा नं १० का वडा अध्यक्ष धन बहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी नगर सचिव प्रेम बहादुर शाही, वडा नं १० इन्चार्ज चन्द्र प्रकाश श्रेष्ठ, प्रेस सेन्टर नेपालका बाँके इन्चार्ज डा. डक्ट प्रसाद धिताल, प्रदेश सचिब गजेन्द्र गुरुङ , बौद्धिक व्यक्तित्व जागेश्वर अधिकारी, मीन बहादुर अधिकारी, जित प्रसाद शर्मा लगाएतको उपस्थित रहेको थियो ।



