बाँके जिल्लाबाट आज थप ३५ जना कोरोना जितेर घर फर्किदै

  ।   २०७७ कार्तिक २२, शनिबार १०:३५

बाँके । बाँके जिल्लाबाट आज (शनिबार) कोरोना भाइरस (कोभिड– १९) संक्रमण पुष्टि भएका ३५ जना निको भइ डिस्चार्ज हुँदैछन् ।

जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बाँकेका अनुसार आज डिस्चार्ज हुनेमा १६ जना महिला र १९ जना पुरुष रहेका छन् । यससँगै जिल्लाभर कोरोना जित्दै डिस्चार्ज हुनेको संख्या तीन हजार २२ पुगेको छ ।

बाँकेमा हालसम्म तीन हजार तीन सय ३६ जना व्यक्तिमा कोरोनाको संक्रमण पुष्टिभएको डी।सीसी।एम।सी बाँकेले जनाएको छ । संक्रमित मध्ये ३५ जनाको मृत्यु भएको छ । बाँके र बाहिर जिल्लाका गरी अहिले ३०२ जना कोरोना संक्रमित मानिस आईसोलेसनमा रहेका छन् ।

बाँकेमा बिरामी निको हुने दर ९०.५९ प्रतिशत, मृत्यु दर १.०५ प्रतिशत र रोगको प्रकोप दर ०.५५ प्रतिशत रहेको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बाँकेले जनाएको छ ।

 

Next Post

कोरोनाका नयाँ ६८ जना संक्रमित थपिए

२०७७ कार्तिक २२, शनिबार १०:३५
बाँके । भेरी अस्पताल नेपालगंजको पीसीआर प्रयोगशालामा आज थप ६८ जना कोरोना संक्रमित फेला परेका छन । आज दिँउसो ४ बजेर ५ मिनेटमा अस्पतालले जारी गरेको सूचना अनुसार विभिन्न ठाउँका गरी नयाँ संक्रमित थपिएका हुन । प्रयोगशालामा प्राप्त ४७ हजार चार सय ७० वटा सम्पूर्ण नमुनाको जाँच कार्य सकिएको छ […]