बाँके । भेरी अस्पताल नेपालगंजको पीसीआर प्रयोगशालामा आज थप ६८ जना कोरोना संक्रमित फेला परेका छन ।
आज दिँउसो ४ बजेर ५ मिनेटमा अस्पतालले जारी गरेको सूचना अनुसार विभिन्न ठाउँका गरी नयाँ संक्रमित थपिएका हुन ।
प्रयोगशालामा प्राप्त ४७ हजार चार सय ७० वटा सम्पूर्ण नमुनाको जाँच कार्य सकिएको छ ।
जाँच गरिएका नमुना मध्ये ३ हजार ८ सय ९८ वटा नमुनामा कोरोना पुष्टि भएको छ ।