मतदाता नामावली अध्यावधिक गर्नेहरुको निर्वाचन कार्यालयमा भीड

निर्वाचन कार्यालय भन्छ, समय छ, भीड नगरौं

  ।   २०७८ पुष १९, सोमबार १८:३१

संवाददाता, नेपालगंज

जिल्ला निर्वाचन कार्यालय बाँकेमा केही दिन यता मतदाता नामावली अध्यावधिक गर्नेहरुको संख्या बढेको छ ।

निर्वाचन कार्यालयले विहान १० बजेदेखी साँझ ५ सम्मका लागी मतदाता नामावली दर्ता गर्ने समय तोकेको छ । भने मतदाता नामावली अध्यावधिकको लागी निवेदन दिने समय भने बिहान ११ बजेदेखी दिउँसो १ बजेसम्म तोकिएको छ ।

मतदाता नामावली अध्यावधिकका लागी पुरानो मतदाता परिचय पत्र, नागरिकताको प्रतिलिपी र बसाई सराई वा विवाह दर्ताको प्रमाण पत्रको प्रतिलिपी आवाश्यक पर्ने जिल्ला निर्वाचन कार्यालय बाँकेले जनाएको छ ।

यसअघि फोटो सहितको मतदाता नामावली अध्यावधिक गरिसकेकाहरुले भने फेरी गर्नुपर्दैन । मतदाता परिचय पत्र आवाश्यक परे पुरानो विवरण अनुसार लिन सकिन्छ ।

जिल्ला निर्वाचन कार्यालय बाँकेका अनुसार गत मंसिर १७ गतेदेखी पौष २ गते सम्म पहिलो चरणमा र पौष ४ गते देखी पौष १८ गतेसम्म दोस्रो चरणमा स्थानीय पालिकाहरुमा गई मतदाता नामावली संकलन गरिएको थियो ।

स्थानीय तहको निर्वाचनको चर्चा शुरु भएसगैं मतदाता नामावली दर्ता गर्नेहरुको संख्या बढेर निर्वाचन कार्यालयमा भीड लागेको छ । आइतबार मात्रै ६ सय बढीले मतदाता नामावली भरेका छन ।

आज पनि यही संख्या आसपासमा हुने अनुमान गरिएको छ ।

यता निर्वाचन कार्यालयले भने निर्वाचनको मिति घोषणा भई निर्वाचन हुने टुगों नलाग्दा सम्म मतदाता नामावली विवरण संकलनको काम गर्न सकिने भएकाले भीड गरी नआत्तिन सबै मतदाताहरुलाई अनुरोध गरेको छ ।

 

 

Facebook Notice for EU! You need to login to view and post FB Comments!

Next Post

विश्वको जनसंख्या ७ अर्ब ८० करोड पुग्यो

२०७८ पुष १९, सोमबार १८:३१
संवाददाता । विश्वको जनसंख्या ७ करोड ४० लाखले बढेकोे एक तथ्यांकले देखाएको छ । अमेरिकी तथ्यांक व्यूरोका अनुसार योसँगै विश्वको जनसंख्या ७ अर्ब ८० करोड पुगेको छ । चीन अहिले पनि विश्वमै सबैभन्दा धेरै जनसंख्या भएको देश हो भने त्यहाँको जनसंख्या १ अर्ब ४० करोड रहेको छ । चीनलाई पछ्याइरहेको […]