प्रधानमन्त्री दाहाल पत्नी सीता दाहालको निधन

  ।   २०८० असार २७, बुधबार ०९:४७

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उहाँको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो ।

अस्पताल स्रोतका अनुसार दाहालको आज बिहान करिब साढे ८ बजे निधन भएको हो । स्वास्थ्य अवस्था गम्भीर भएपछि उहाँलाई आज बिहान अस्पताल लगिएको थियो । प्रधानमन्त्री प्रचण्ड पनि नर्भिक अस्पताल पुग्नु भएको छ ।

पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी ९पी.एस.पी.’ बाट पीडित सीता दाहाल लामो समयदेखि उपचाररत हुनुहुन्थ्यो ।

Next Post

प्रेस काउन्सिलले बनायो विज्ञ समूह, आचारसंहिता उल्लङ्घनमा विशेष निगरानी

२०८० असार २७, बुधबार ०९:४७
संवाददाता, काठमाडौँ । प्रेस काउन्सिल नेपालले सञ्चार माध्यममा आचारसंहिता उल्लङ्घनका घट्नाको प्रवृत्तिगत समस्या केलाउन विज्ञ समूह गठन गरी काम सुरु गरेको छ । बरिष्ठ पत्रकारहरु तारानाथ दाहाल, डा.महेन्द्र विष्ट र बबिता बस्नेत संलग्न समूहले कार्य प्रारम्भ गरिसकेको काउन्सिलले जनाएको छ । दाहाल र विष्ट नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हुनुहुन्छ […]