विश्वभर ९ करोड १० लाखभन्दा धेरैले कोरोनालाई जिते

  ।   २०७७ फाल्गुन १९, बुधबार ०६:४१

काठमाण्डौ । विश्वभर अहिलेसम्म ९ करोड १० लाखभन्दा धेरैले कोरोनालाई जितेका छन् ।

वर्ल्डओमिटरका अनुसार ११ करोड २२ लाखभन्दा धेरै कोरोना सङ्क्रमितमध्ये ९ करोड १० लाखभन्दा धेरै व्यक्ति कोरोनामुक्त भइसकेका हुन् ।

अहिलेसम्म कोरोनाका कारण विश्वभर २५ लाख ५८ हजार जनाको ज्यान गएको छ । सङ्क्रमितमध्ये २ करोड १७ लाख व्यक्ति अहिले विभिन्न अस्पताल र होम आइसोलेशनमा रहेका छन् ।

सङ्क्रमितमध्ये पनि ९९ दशमलव ६ प्रतिशत अथवा २ करोड १६ लाखभन्दा धेरै व्यक्तिको अवस्था सामान्य छ । शून्य दशमलव ४ प्रतिशत अथवा ९० हजार ७ सय जनाको अवस्था गम्भीर रहेको छ । यस्तै कोरोनाले सबैभन्दा धेरै प्रभावित अमेरिकामा सङ्क्रमित हुनेको संख्या बढ्न थालेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा १८ सय १३ जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । अहिलेसम्म अमेरिकामा कोरोनाका कारण ५ लाख २९ हजारभन्दा धेरै व्यक्तिले ज्यान गुमाइसकेका छन् भने २ करोड ९३ लाखभन्दा धेरै व्यक्ति सङ्क्रमित भएका छन् । एजेन्सी

Next Post

फेरि ५० लाख डोज कोभिडविरुद्धकाे खोप किन्दै सरकार

२०७७ फाल्गुन १९, बुधबार ०६:४१
काठमाडौं । सरकारले थप ५० लाख डोज कोभिड–१९ विरुद्धको खोप खरिदको प्रक्रिया सुरु गरेको जनाएको छ । मंगलबार प्रतिनिधिसभाकोे शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिमा कोभिड खोप अभियानको सम्बन्धमा भएको छलफलमा सचिव अर्यालले सरकारले थप ५० लाख डोज खोप किन्नको लागि प्रक्रिया सुरु गरेको जानकारी दिनुभयो । हाल मन्त्रालयसँग रहेको […]

सम्बन्धित शीर्षक