कोरोनाबाट ज्यान जोगाउन प्रतिबन्ध अपरिहार्य : डब्ल्यूएचओ

  ।   २०७७ आश्विन ३०, शुक्रबार ०६:५७

काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान जोगाउन प्रतिबन्ध लगाउन अपरिहार्य रहेको बताएको छ ।

यूरोपमा कोरोना भाइरसको दोस्रो लहर सुरु भएको भन्दै डब्ल्यूएचओले यसबाट बच्न नयाँ निर्देशिका पालना गर्नुपर्नेमा जोड दिएको हो । उसले युरोपमा अब दैनिक एक हजारभन्दा धेरैले ज्यान गुमाउने चेतावनी पनि दिएको बीबीसीले जनाएको छ । गएको २४ घण्टामा फ्रान्समा ३० हजारभन्दा धेरै सङ्क्रमित थपिएका छन् ।

यसअघि बुधबार साढे २२ हजार सङ्क्रमित थपिएका थिए । कोरोना सङ्क्रमितको संख्या बढेसँगै फ्रान्स सरकारले भोलिदेखि लागू हुनेगरी राजधानी पेरिससहित ९ सहरमा रात्रिकालिन कर्फ्यु लगाउने निर्णय गरिसकेको छ ।

यस्तै बेलायतमा पनि सामाजिक कार्यक्रम गर्न रोक लगाइएको छ । फ्रान्स, इटली, पोल्याण्ड र जर्मनीलगायतका देशमा परीक्षणको दायरा बढाइएसँगै सङ्क्रमितको संख्या पनि ह्वात्तै बढेको छ । उज्यालो अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पाकिस्तानमा अज्ञात समूहको गोली प्रहारबाट १४ को मृत्यु, मारिनेमा सुरक्षाकर्मी र सरकारी अधिकारी

२०७७ आश्विन ३०, शुक्रबार ०६:५७
एजेन्सी । पाकिस्तानमा अज्ञात समूहको गोली प्रहारबाट १४ को मृत्यु, मारिनेमा सुरक्षाकर्मी र सरकारी अधिकारी काठमाडौं । दक्षिणी पाकिस्तानको बलूचिस्तान प्रान्तमा अज्ञात समूहको गोली प्रहारबाट कम्तिमा १४ जनाको मृत्यु भएको छ । देशको मुख्य शहर कराँची जोड्ने राजमार्गमा यात्रा गरीरहेकाहरुमाथि जथाभावी गोली प्रहार गर्दा उनीहरुको हत्या भएको हो । मृत्यु […]