जसपाको संसदीय दलको नेतामा उपेन्द्र यादव सर्वसम्मत

  ।   २०७८ श्रावण १६, शनिबार १६:५०

काठमाण्डौ । जनता समाजवादी पार्टी जसपाको संसदीय दलको नेतामा अध्यक्ष उपेन्द्र यादव चयन हुनुभएको छ ।

संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले संसदीय दलको नेतामा उपेन्द्र यादवलाई सर्वसम्मतिले चयन गरेको हो। यादवको प्रस्तावकमा संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराई र समर्थकमा महेन्द्र राय यादव रहनुभएको थियो ।

आजको बैठकमा महन्थ ठाकुर पक्षका केही सांसद भने उपस्थित भएका थिएनन् । यसअघि जसपमा अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुर पक्षले एक अर्कालाई कारबाही गर्दै आ–आफ्नै नेता चयन गरेका थिए । तर निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएपछि आधिकारिक रुपमा संसदीय दलको नेता चयन भएको छ ।

Next Post

थप ३ हजार १ सय ६ जनामा कोरोना पुष्टि, परीक्षणको २३ प्रतिशतमा संक्रमण

२०७८ श्रावण १६, शनिबार १६:५०
काठमाण्डौ । पछिल्लो २४ घण्टामा तीन हजार एक सय ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नौ हजार दुई सय ६३ जनाको पीसीआर र चार हजार दुई सय ५६ जनाको एन्टीजेन गरी १३ हजार पाँच सय १९ जनाको परीक्षण गर्दा तीन हजार एक सय ६ जनामा कोरोना सङ्क्रमण पुष्टि […]