थप ३ हजार १ सय ६ जनामा कोरोना पुष्टि, परीक्षणको २३ प्रतिशतमा संक्रमण

  ।   २०७८ श्रावण १६, शनिबार १७:०७

काठमाण्डौ । पछिल्लो २४ घण्टामा तीन हजार एक सय ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नौ हजार दुई सय ६३ जनाको पीसीआर र चार हजार दुई सय ५६ जनाको एन्टीजेन गरी १३ हजार पाँच सय १९ जनाको परीक्षण गर्दा तीन हजार एक सय ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो कुल परीक्षणको झण्डै २३ प्रतिशत हो ।

आज थपिएका सहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सात लाख ५६ हजार सात सय ३९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा एक हजार नौ सय १६ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ५४ हजार एक सय ७७ जना पुगेको छ । थप २३ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् ।

योसहित नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार आठ सय ५७ जना पुगेको छ । अहिले नेपालमा ३१ हजार तीन सय ५५ जना कोरोनाका सक्रिय सङ्क्रमित छन् ।

Next Post

एमालेको स्थायी कमिटी बैठक स्थगित

२०७८ श्रावण १६, शनिबार १७:०७
काठमाण्डौ । नेकपा एमालेको आज बस्ने भनिएको स्थायी कमिटीको बैठक स्थगित भएको छ । पार्टी एकताको लागि विघटित कार्यदलले प्रयास गरिरहेको भन्दै आजको बैठक स्थगित भएको हो । नेता सुवास नेम्वाङले पार्टी एकताका लागि कार्यदल स्तरमा भएको छलफलका बारेमा अध्यक्ष ओलीसहितका नेतालाई जानकारी गराएपछि बैठक स्थगित भएको हो । आफूले […]

सम्बन्धित शीर्षक