एमालेको स्थायी कमिटी बैठक स्थगित

  ।   २०७८ श्रावण १६, शनिबार १७:२५

काठमाण्डौ । नेकपा एमालेको आज बस्ने भनिएको स्थायी कमिटीको बैठक स्थगित भएको छ । पार्टी एकताको लागि विघटित कार्यदलले प्रयास गरिरहेको भन्दै आजको बैठक स्थगित भएको हो ।

नेता सुवास नेम्वाङले पार्टी एकताका लागि कार्यदल स्तरमा भएको छलफलका बारेमा अध्यक्ष ओलीसहितका नेतालाई जानकारी गराएपछि बैठक स्थगित भएको हो । आफूले अध्यक्ष सहितका नेतालाई एकताको प्रयासका बारेमा भएका उपलब्धिबारे ब्रिफिङ गराएपछि भोलि दिउँसो तीन बजेसम्मको लागि बैठक स्थगित भएको नेता नेम्वाङले जानकारी दिनुभयो ।

आजको बैठकमा यही साउन २५ देखि २७ गतेसम्म हुने विधान महाधिवेशन र पालिकामा अधिवेशन गर्ने विषयमा छलफलको तालिका रहेको थियो ।

Next Post

तुइन काट्ने एसएसबीविरुद्ध भारतीय प्रहरीमा उजुरी

२०७८ श्रावण १६, शनिबार १७:२५
दार्चुला । दार्चुलाको व्यास गाउँपालिका–२ को मालघाटमा महाकाली नदी माथी तुइनतरेर भारततर्फ जाने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइनकाटीदिदाँ व्यासका स्थानीय जयसिह धामी महाकाली नदीमा खसेर बेपत्ता भएका छन्। उनी अझै फेला परेका छैनन्। तुइनकाट्ने एसएसबीका जवानहरु विरुद्ध वेपत्ता धामीका आफन्तले तुइननजिकको क्षेत्रमा रहेको भारतको पिथौरागढ जिल्ला धार्चुला […]

सम्बन्धित समाचार