कोहलपुरको नगरसभाको नीति तथा कार्यक्रम पेश हुँदै

  ।   २०७८ असार ८, मंगलवार ०९:३१

नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिकाको नवौंं नगर सभा सोमबारबाट सुरु भएको छ । सभाको पहिलो दिन सोमबार कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक नीति तथा कार्यक्रम पेश गरेका छन ।

नगर प्रमुख रावतले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कोभिड-१९ को दोस्रो लहर तथा भावि दिनमा आउन सक्ने सम्भावित तेस्रो लहर लगायत अन्य महामारीको रोकथाम, नियन्त्रण, उपचार र खोपको भरपर्दो व्यवस्था गरी सबै नगरबासीको जीवन रक्षा गर्ने बताईएको छ । साथै कोभिड-१९ को रोकथाम, नियन्त्रण, उपचारका लागि अग्रभागमा खटिने स्वास्थ्यकर्मी तथा अन्य जनशक्तिहरुको लागि आवश्यक पर्ने स्वास्थ्य सुरक्षा सामग्री र उपकरणहरुको पर्याप्त मात्रामा आपूर्ति तथा व्यवस्थापन गरिने तथा उद्धार, शव व्यवस्थापन, राहत तथा पुर्नस्थापना र नागरिक सचेतनाका कार्य गर्नुका साथै कोभिड-१९ बाट मृत्यु भएका नगरवासीका आश्रित परविारलाई प्रति परिवार ५० हजार राहत उपलब्ध गराउने नीति लिईएको नगर प्रमुख रावतले बताएका छन् ।

त्यस्तै अनिवार्य तथा शूल्क आधारभूत शिक्षा नीतिलाई माध्यामिक तहसम्म क्रमशः निरन्तरता दिईने, विद्यालय शिक्षामा ल्याउने, टिकाउने र सिकाउने कार्यक्रम सञ्चालन गर्ने, बालबिकास र कक्षा १ मा शत प्रतिशत विद्यार्थी भर्ना गरिने, “एक वडा-एक नमूना बालविकास केन्द्र” अभियान सञ्चालन गर्ने, सूचना प्राविधि युक्त शिक्षकसँग मेयर कार्यक्रम लागु गर्ने, विपन्न बालबालिकासँग उपमेयर कार्यक्रम संचालन गर्ने, नेपालगञ्ज मेडिकल कलेज कोहलपुरबा एमबिबिएस डाक्टर तथा महिला नर्स छात्रवृत्तिमा पढन पाउने व्यवस्थाका लागि एक डाक्टर एक नर्स कार्यक्रम सञ्चालन गर्ने, एक विद्यालय एक खेलकुद शिक्षक र एक विद्यालय एक स्वास्थ्यकर्मीको व्यवस्था गर्ने नीति लिईएको नगर प्रमुख रावतले बताएका छन् ।

साथै स्थानिय तहका जनप्रतिनिधिका रुपमा निर्वाचित भएपछि कोहलपुर नगरपालिमा १२ वडा कार्यालय, १२ आधारभूत स्वास्थ्य केन्द्र र १५ सामुदायिक विद्यालयहरुको भवन निर्माण गरिएको, आधारभूत तहको शिक्षालाई पूर्ण रुपमा निःशूल्क बनाइएको, शिक्षक दरबन्दी मिलान गरी नगर अनुदानबाट थप शिक्षक पूर्ति काम भईरहेको बताईएको छ ।

Next Post

प्रधानमन्त्रीलाई झट्कै झट्का नियुक्त गरिएका मन्त्रीहरु खर्लकै जाने भए बचे पुरानै ५

२०७८ असार ८, मंगलवार ०९:३१
काठमाडौं । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलिलाइ झट्कै झट्का लागेको छ । सर्वोच्च अदालतले पछिल्लो दुई पटकको मन्त्रिपरिषद विस्तारलाई बदर गरेसँगै मन्त्रिपरिषद सदस्य पाँच सदस्यीय भएको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले नयाँ नियुक्त भएका २० मन्त्री पदमुक्त हुने आदेश दिएको हो । प्रधानमन्त्री […]