एस ई ई परिक्षा चैत्र १५ देखि सुरु हुने

  ।   २०८० माघ ८, सोमबार ११:१०

बाँके : माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत १५ गते शुरु हुने भएको छ

एसईई चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन गर्ने निर्णय राष्ट्रिय परीक्षा बोर्डले गरेको हो। आज (आइतवार) बसेको परीक्षा बोर्डको बैठकले एसईई सो मितिमा गर्ने निर्णय गरेको हो।

बोर्ड अध्यक्ष डा महाश्रम शर्माका अनुसार परीक्षाका बीचमा होली/फागु पर्व परेकाले त्यसपछि गर्नेगरी निर्णय गरिएको छ। यस वर्ष चैत ११ र १२ गते होली/फागु परेको छ।

बोर्डको वार्षिक कार्यतालिकाअनुसार चैत पहिलो साता परीक्षा शुरु गर्नुपर्ने थियो। यो वर्षको एसईई परीक्षा दिन ४ लाख ८९ हजार ४४४ जनाले रजिष्ट्रेसन फाराम भरेका छन्। तीमध्ये २ लाख ४६ हजार ४ जना छात्र र २ लाख ४३ हजार ४४० जना छात्रा रहेका छन् ।

Next Post

नेपालगन्ज नगर प्रमुख बिष्टद्वारा सडक सिलान्यास

२०८० माघ ८, सोमबार ११:१०
नेपालगञ्ज । नेपालगञ्ज बसपार्कदेखि सुर्जीगाउँ जोड्ने सडक अस्फाल्ट पीच हुने भएको छ । अस्फाल्ट पीच सडक निर्माण कार्यको आज एक कार्यक्रमका बीच नगर प्रमुख प्रशान्त विष्टले शिलान्यास गर्नुभएको छ । निर्माण कम्पनी निरज एण्ड निराजन विल्डर्स नेपालगञ्ज-१८ बाँकेले ९७ लाख लागतमा निर्माण गर्न लागेको अस्फाल्ट पीच सडकको शिलान्यास गर्दै नगर […]