नेपालगन्ज नगर प्रमुख बिष्टद्वारा सडक सिलान्यास

  ।   २०८० माघ ८, सोमबार १५:२७

नेपालगञ्ज । नेपालगञ्ज बसपार्कदेखि सुर्जीगाउँ जोड्ने सडक अस्फाल्ट पीच हुने भएको छ । अस्फाल्ट पीच सडक निर्माण कार्यको आज एक कार्यक्रमका बीच नगर प्रमुख प्रशान्त विष्टले शिलान्यास गर्नुभएको छ ।

निर्माण कम्पनी निरज एण्ड निराजन विल्डर्स नेपालगञ्ज-१८ बाँकेले ९७ लाख लागतमा निर्माण गर्न लागेको अस्फाल्ट पीच सडकको शिलान्यास गर्दै नगर प्रमुख विष्टले छिटो, छरितो र गुणस्तरीय काम निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिनुभयो । उहाँले गुणस्तरीय कामका लागि स्वयम् टोलबासीले चासो र खबरदारी गर्नुपर्ने बताउनुभयो । विष्टले सडक पूर्वाधार विकासमा नेपालगञ्ज उपमहानगरपालिका पर्यत्नशील रहेको सन्देश यो सडकले दिने बताउनुभयो । नगर उपप्रमुख कमरुद्दिन राईले निर्वाचनका बेला स्थानीयसमक्ष गरिएको प्रतिबद्धता पूरा हुने क्रममा रहेको बताउनुभयो ।

संघीय सशर्त अनुदान र नेपालगञ्ज उपमहानगरपालिकाको लागतमा बन्न लागेको वडा नम्बर ४ बसपार्क र वडा नम्बर १९ सुर्जीजाउँलाई जोड्ने यो सडक असार १५ गतेसम्म निर्माण सम्पन्न गर्ने सम्झौता भएपनि चैतभित्रै निर्माण सकिने नेपालगञ्ज उपमहानगरपालिकाका इन्जिनियर चन्दन राज दासले बताउनुभयो । उक्त सडक ८ मिटर चौडा र ८१७ मिटर लामो रहेको दासले जानकारी दिनभयो ।

त्यसक्रममा टोलबासीका तर्फबाट टोल विकास संस्थाले नगर प्रमुख विष्ट, उपप्रमुख राई, वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुन, वडा नम्बर १९ का वडा अध्यक्ष प्रशुराम कुर्मी, इन्जिनियर दास, निर्माण कम्पनीका प्रतिनिधिलाई खादा लगाइदिएर धन्यबाद ज्ञापन गरेको थियो । सडक पीच बन्ने भएपछि स्थानीय खुसी छन् ।

Next Post

पुराना आयोजना “कम्प्लिट” गर्न प्राथमिकता दिन्छौँः प्रधानमन्त्री

२०८० माघ ८, सोमबार १५:२७
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले राष्ट्रिय गौरवका आयोजना लगायतका मुख्य आयोजनालाई समयमै सम्पन्न गर्नेगरि नीति तथा कार्यक्रममा व्यवस्था र बजेटमा यथोचित प्राथमिकता दिइने बताउनुभएको छ। सोमबार दिउँसो प्रधानमन्त्री कार्यालयको एक्सन रूमबाट सिक्टा सिंचाइ आयोजना र महाकाली सिंचाइ आयोजना (तेस्रो चरण) को अनुगमन गर्दै प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो। आयोजनाको भर्चुअल […]