देवचुलीमा जिप दुर्घटना ६ को मृत्यु

  ।   २०८० कार्तिक २६, आईतवार १३:३५

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–९ मा जिप दुर्घटना हुँदा ६ जना यात्रुको मृत्यु भएको छ ।

बौदीकाली गाउँपालिकाको माझ डाँडाबाट दलदले बजारतर्फ आउँदै गरेको लु १ ज ३२७० नम्बरको जिप देवचुली नगरपालिका–९ गोरेघुम्तीमा दुर्घटना हुँदा घटनास्थलमै ६ जनाको ज्यान गएको बर्दघाट प्रहरीले बताएको छ । जिप दुर्घटनामा एक जना घाइते हुनुभएको छ ।

दुर्घटनामा मृत्यु हुनेको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी ९ बर्दघाट सुस्तापूर्वका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताउनु भयो । जिप अनियन्त्रित भई सडक छेउको घरमा ठोक्किन पुगेको प्रहरीको सूचनामा उल्लेख गरिएको छ ।

Next Post

नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आज प्रस्थान

२०८० कार्तिक २६, आईतवार १३:३५
हङ्कङमा आयोजना हुने चार देश सम्मिलित महिला टि ट्वान्टी शृङ्खला खेल्न नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । यही कात्तिक २९ देखि मङ्सिर ३ गतेसम्म सञ्चालन हुने उक्त शृङ्खलामा विभिन्न चार टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसमा आयोजक हङ्कङसहित नेपाल, ताञ्जेनिया र जापान छन् । शृङ्खलाको पहिलो […]