महामारीमा अभिभावक गुमाएका ७ जना बालबालिकालाई युनेस्कोको सहयोग

  ।   २०७८ जेष्ठ ५, बुधबार १६:२६


नेपालगन्ज । कोरोना भाइरसको संक्रमणका कारण अभिभावक गुमाई समस्यामा परेका बर्दिया जिल्लाका बालबालिकालाई बाँके युनेस्को क्लबले सहयोग गरेको छ । प्लान नेपालको सहयोगमा सञ्चालन गरिएको बाल संरक्षण परियोजना अन्तर्गत बर्दिया गुलरिया नगरपालिकाका महामारीमा अभिभावक गुमाएका ७ जना बालबालिकालाई खाद्यान्न लगायतका सहयोग उपलब्ध गराईएको क्लबका संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।

उहाँले कोरोनाका कारण ज्यान गुमाएकाहरुको बालबालिका मध्ये ७ जनालाई क्लबले र ३ जनालाई नगरपालिकाले सहयोग गरेको बताउनुभयो । कोरोनाले गर्दा मृत्यु भएका गुलरिया नगरपालिका ६ का ४ जना बालबालिका र वडा नम्बर ७ का एक जना तथा वडा नम्बर ३ का २ जना बालबालिकालाई खाद्यान्न तथा स्वास्थ्य सामाग्री उपलब्ध गराईएको क्लबका अध्यक्ष राजेन्द्र चौधरीले बताउनुभयो ।

उहाँले सहयोग गरिएका बालबालिका मध्ये ५ जनाका आय आर्जन गरेर घर खर्च चलाउने अभिभावकको मृत्यु भएको र वडा नम्बर ३ का दुई बालबालिकाको पिता र आमा दुबैको कोरोनाबाट निधन भएको जनाउनुभयो । बालबालिकालाई बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनार, गुलरिया नगरपालिकाका उपमेयर सुशिला गिरी, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत नारायण प्रसाद शर्मा र बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक बसन्त विसी लगायतले सहयोग हस्तान्तरण गर्नु भएको थियो ।

सो अवसरमा वडा नम्बर ६ का वडा अध्यक्ष निरज शर्मा र महिला बालबालिका शाखाका प्रमुख तिला शाहकको पनि उपस्थिति रहेको थियो । वडा नम्बर ६ र ७ का बालबालिकालाई जनही ८ हजार ३६० रुपियाँ बराबरको खाद्यान्न तथा वडा ३ का आमा बुवा दुबै गुमाएका एकै घरका दुईजना बालबालिकालाई १२ हजार रुपियाँको खाद्यान्न वितरण गरिएको क्लबका कार्यक्रम संयोजक विसीले बताउनुभयो ।

उहाँले यसअघि बसेको बाल अधिकार समितिको बैठकले महामारीका कारण बालबालिकाको अवस्थाको समिक्षा गर्दै अभिभावक गुमाएका बालबालिका निकै समस्यामा परेकोले उनिहरुलाई सहयोग गर्नुपर्ने निष्कर्श निकालेको बताउनुभयो । सोही अनुरुप ती बालबालिकालाई राहात वितरण गरिएको जनाईएको छ ।

Next Post

स्वास्थ्य सामाग्री सहयोग

२०७८ जेष्ठ ५, बुधबार १६:२६
नेपालगंज । कैलालीको टिकापुर अस्पताललाई कोभिड(१९ को संक्रमणबाट जोगाउन स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । नेपालगंजको एक स्थानिय चर्चले समस्या परेका बेला सहयोग गरेको अस्पतालको पत्रमा उल्लेख गरिएको छ । यस्तो छ । अस्पतालको पत्र ।