अल्पसंख्यकका उम्मेदवार चिडिमारलाइ जिताउने प्रतिबद्धता

  ।   २०७९ बैशाख २३, शुक्रबार ०८:४२

नेपालगन्ज । आसन्न स्थानीय तहको निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ बाट नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्ष तर्फका उम्मेदवार अल्पसंख्यक जातीका तिरथराम चिडिमारलाई वाडाबासीले जिताउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपालभित्र कुनै पनि स्थानीय तहमा चिडिमार समुदायको उम्मेदवार रहेको छैन यसपटक जसरी पनि हामी आफ्नो समुदायको उम्मेदवारलाई जिताउछौं स्थानीय हौसिला चिडिमारले बताउनु भयो । यसभन्दा अघिल्लो स्थानीय चुनावमा हामीले गल्ती गर्यौ अब त्यो गल्ती दोहोर्‍याउन चाहदैनौं उहाँले भन्नुभयो ।
नेपालको जनसंख्या मध्ये चिडिमार समुदायको जनसंख्या लगभग १हजार २ सयको हाराहारीमा रहेको छ, अरु सबै पार्टीले हाम्रो समुदायलाई टिकट दिन्छु भनेर झुक्याउने गरेको तर नेकपा माओवादी केन्द्रले दुई दुई पटक सम्म विश्वास गरेर पिछडिएको समुदायलाई टिकट दिएको छ । त्यसैले हामीहरु सबै एक छौं यसपटक गल्ती दोहोरिन दिदैनौं अर्का एक स्थानीयले बताउनु भयो ।
<span;>हामी गाउँ ठाउँमा कसैको दुश्मनी हुन चाहादैनौं तर हाम्रो भोट नेकपा माओवादी केन्द्रमा तिरथराम चिडिमारको टीमलाई दिने निर्णय बेलासपुर , मुक्तिपुर, नयाँ बस्तीका बासिन्दाले गरेको अध्यक्षका उम्मेदवार चिडिमारले बताउनु भयो । नेपालगन्ज १२ मा अध्यक्ष पदमा तिरथराम चिडिमारको नेतृत्वमा सदस्यहरु दिपेश श्रेष्ठ, सन्तोष तिवारी, महिला सदस्यमा रेश्मा शेष पठान र दलित सदस्यमा गौरी नेपालीको उम्मेदवारी रहेको छ ।

Next Post

नेपालगन्ज-१ मा माओवादी केन्द्रको प्रचारप्रसार अभियान तिब्र

२०७९ बैशाख २३, शुक्रबार ०८:४२
नेपालगन्ज । माओबादी केन्द्रको तर्फबाट स्थानीय तहको निर्वाचनमा नेपालगंज उपमहानगरपालिका वडा १ को अध्यक्ष र सदस्यमा उम्मेदवारी दिएका उम्मेदवारहरुले घोषणा पत्र लिएर प्रचार अभियानलाइ तिब्र र आक्रमक बनाएका छन् । माओबादी केन्द्रका नेता तथा नेपालगंज १ का वडा अध्यक्ष पदका उम्मेदवार निरक पोखरेललाई जिताउनका लागि बिभिन्न प्रकार गीतहरु बनाएर घन्काउन […]