नरैनापुरका अध्यक्ष शाहले मतदान गरेसँगै मतदान सुरु

  ।   २०७९ मंसिर ४, आईतवार ०८:०४


बाँके ।

प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको मतदान देशैभर सुरु हुँदा नरैनापुर गाउपालिका अध्यक्ष स्तियाक अहमद शाहले आफ्नो वडा नं. २ को प्राथमिक स्वास्थ केन्द्रमा सबैभन्दा पहिले मतदान गर्नु भयो । बिहान ७:१५ मा अध्यक्ष शाहले मतदान गर्नुभएको हो ।

देशको भाग्यरेखा कोर्ने यस निर्वाचनमा सम्पुर्ण पालिकाबासीहरुलाई स्वतस्फूर्त तरिकाले मतदान गर्न अध्यक्ष शाहले आग्रह गर्नु भयो । अध्यक्ष शाहले भन्नुभयो´ स्वतस्फूर्त तरिकाले मतदान गर्नु हामी नागरिकको दायित्व हो । त्यसैले हामी पालिकाबासीहरुले मतको दान गर्न खुशीहुनु पर्छ ।

मतदान केन्द्रमा शान्त वातावरण रहेको छ । शान्तिपुर्ण तरिकाले मतदान सम्पन्न हुने कुरामा विश्वस्त भएको मतदान केन्द्र प्रमुख मणिराम खनालले बताउनु भयो । प्रहरीले सुरक्षामा सतर्कता अपनाएको छ ।

Next Post

पहिलो मतदान गर्नुभयो उम्मेदवार नमुनाले

२०७९ मंसिर ४, आईतवार ०८:०४
बाँके । बाँके क्षेत्र नं.१(१) माओवादी केन्द्र तर्फका लुम्बिनी प्रदेश सभा सदस्यका उम्मेदवार कृष्णा केसी (नमुना) ले सबैभन्दा पहिले मतदान गर्नु भयो । राप्तिसोनारी गाउपालिका वडा नं. ९ मा जनता माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गर्नु भएको हो । सम्पुर्ण मतदाताहरुलाई स्वतस्फूर्त तरिकाले मतदानमा भागलिन नेता नमुनाले आग्रह गर्नु […]