नरैनापुरमा वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु

  ।   २०८० मंसिर १५, शुक्रबार ०९:३९

बाँके । नरैनापुर गाउँपालिका १ बाट सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको छ । कोइला चमारिनले भनिन झन्डै एक घन्टा हिँडेर गाउँपालिका नजिकै रहेको लक्ष्मी सनराइज बैंक जानुपर्ने बाध्यता थियो ।

बैंकमा भीडभाड हुँदा रकम लिनका लागि घन्टौ समय कुर्नुपर्थ्यो । घरसम्म पुग्ने सडक भए पनि नियमित गाडी नचल्दा र समयमै अटो नभेटिँदा घर फर्कन पनि सास्ती झेल्नु पर्थ्यो । तर वडा कार्यालयमा‌ नै भत्ता बुझ्न पाए पछि सास्तीवाट मुक्ति पाएको उनको भनाइ थियो

नरैनापुर गाउँपालिकाका अरु अधिकांश जेष्ठ नागरिक र अशक्तहरू वडामै बैंक नभएर पालिका स्थित रहेको बैंकमा जानु पर्दा विभिन्न सास्ती भोग्दै आएका थिए ।

घरबाट बैंकसम्म आउँदा करिब दुई घन्टा हिँड्नु पर्ने र भीडभाडका कारण बैंकमा लामो समय पालो कुर्नपर्ने बाध्यताको अहिले अन्त्य भएको छ । नरैनापुर गाउँपालिकाले वडाबाटै र अशक्तका लागि घरघरमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेपछि यहाँका स्थानीयलाई सहज भएको छ ।

बैंकका कर्मचारी, वडाका कर्मचारी र सुरक्षाकर्मीको सहयोगमा वडाबाटै भत्ता पाउन थालेपछि अहिले पालिका भित्रका अशक्त, अपांगता भएका र जेष्ठ नागरिकहरूलाई सहज भएको स्थानीयहरु बताउँछन् ।

यसअघि बैंकबाट भत्ता वितरण गरिएकोमा निमित्त प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेतले वडाबाटै भत्ता वितरण गर्ने व्यवस्था मिलाएका हुन् ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेतले अशक्त, अपांगता भएका नागरिक, जेष्ठ नागरिकलाई सास्ती भएको देखेपछि वडाबाटै सामाजिक सुरक्षाभत्ता वितरण सुरु गरेको बताए । उनले आगामी दिनमा टोल र घरघरमा गएर भत्ता वितरण गर्ने तयारी गरेको बताए । नरैनापुरमा सामाजिक सुरक्षा भत्ता लिने ३ हजार ४ सय ७० जना छन् । सामाजिक शाखा प्रमुख जिवन लाल यादव, सामाजिक सुरक्षा तथा पन्जिकरण शाखाका एम आइ एम अपरेटर गोबिन्द प्रसाद गोडिया, फिल्ड सहायक सुरज कुमार श्रीवास्तव लगायतले भत्ता वितरण गरिरहेको गाउँपालिकाले जनाएको छ ।

Next Post

व्यवस्था उल्टाउन असम्भव: महासचिव गुरुङ

२०८० मंसिर १५, शुक्रबार ०९:३९
नेपालगन्ज । नेकपा माओवादि केन्द्रका महासचिव देवप्रसाद गुरूङले व्यवस्था उल्टाउने कुरा सम्भव नभएकाे बताउनु भएको छ । नेपालमा लोकतन्त्रको विकल्प नरहेकाे उल्लेख गर्दै गुरुङले केही तत्वले देशमा अशान्ति फैलाउन खोजे पनि उनिहरूकाे चाहना कहिले पूरा नहुने दावी गर्नु भएको छ । बिहिबार बाँकेका संचारकर्मिहरूसँगकाे भेटमा बाेल्दै महासचिव गुरूङले पछिल्लाे समय […]

सम्बन्धित समाचार