आजबाट प्रिमियर लिगः आर्सनल र ब्रेन्टफोर्ड भिड्दै

  ।   २०७८ श्रावण २९, शुक्रबार ०७:२९

एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलको नयाँ सिजन आजबाट सुरु हुँदैछ । उद्घाटन खेलमा आज राती आर्सनलले प्रिमियर डिभिजनको नवप्रवेशी टोली ब्रेन्टफोर्डसँग खेल्नेछ ।

यो खेल ब्रेन्टफोर्डको मैदानमा हुनेछ । यस पटक ब्रेन्टफोर्डसँगै नरिच सिटी र वाट्फोर्ड च्याम्पियनसिपबाट प्रिमियरसिपमा उक्लिएका छन् ।

साविक विजेता म्यान्चेस्टर सिटीले आफ्नो पहिलो खेलमा आइतवार टोटनह्याम हट्सपरसँग खेल्नेछ ।

यसैगरी पहिलो चरणमा लिरभपुलले नरिच सिटीको सामना गर्दा चेल्सी र क्रिष्टल प्यालेस तथा म्यानचेस्टर युनाईटेड र लिड्स युनाईटेड भिड्नेछन् ।

Next Post

देउवा पक्षका कांग्रेस जिल्ला सभापति भेलाको निष्कर्ष- विशेष महाधिवेशन अस्वीकार्य

२०७८ श्रावण २९, शुक्रबार ०७:२९
काठमाडौं । नेपाली कांग्रेसका संस्थापन पक्षका जिल्ला सभापतिहरूले विशेष महाधिवेशन स्वीकार्य नभएको निष्कर्ष निकालेका छन्। २२ जिल्लाका कांग्रेस सभापतिको साउन २७ र २८ गतेको भेलाले शीर्ष नेता तहबाटै विशेष महाधिवेशनको मागका सम्बन्धका आवाज सुनिनु दुःखद् भएको निष्कर्षसमेत निकालेको छ। कांग्रेसमा निर्धारित मितिमा महाधिवेशन गर्न नसकिने अवस्था उत्पन्न भएमा विशेष महाधिवेशन […]

सम्बन्धित समाचार