बाँके जिल्लाबाट आज थप ५६ जना कोरोना जितेर घर फर्किदै

  ।   २०७७ मंसिर २, मंगलवार ०८:०१

बाँके । जिल्लाबाट आज (मंगलबार) कोरोना भाइरस (कोभिड– १९) संक्रमण पुष्टि भएका ५६ जना निको भइ डिस्चार्ज हुँदैछन् ।

जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बाँकेका अनुसार आज डिस्चार्ज हुनेमा २४ जना महिला र ३२ जना पुरुष रहेका छन् । यो सँगै जिल्लाभर कोरोना जित्दै डिस्चार्ज हुनेको संख्या तीन हजार तीन सय ७४ पुगेको छ ।

बाँकेमा हालसम्म तीन हजार छ सय एक जना व्यक्तिमा कोरोनाको संक्रमण पुष्टिभएको डीसीसीएमसी बाँकेले जनाएको छ । संक्रमित मध्ये ३६ जनाको मृत्यु भएको छ । बाँके र बाहिर जिल्लाका गरी अहिले दुई सय २४ जना कोरोना संक्रमित मानिस आईसोलेसनमा रहेका छन् ।

बाँकेमा बिरामी निको हुने दर ९३.७० प्रतिशत, मृत्यु दर १.०० प्रतिशत र रोगको प्रकोप दर ०.६० प्रतिशत रहेको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डी.सीसी.एम.सी) बाँकेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खप्तड क्षेत्रमा हिमपात

२०७७ मंसिर २, मंगलवार ०८:०१
सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रमा हिमपात भएको छ । हिमपात भएसँगै त्यसा क्षेत्रमा एकाएक चिसो बढेको छ । आइतबार राति र सोमबार दिउँसो खप्तड क्षेत्रमा हिमपात भएको हो । दुईपटक परेको हिउँले राति र बिहानको समयमा खप्तड लगायत अन्य आसपासका क्षेत्रमा चिसो बढेको हो । हिउँले खप्तडमा डाँडाकाँडा रमणीय भएका […]

सम्बन्धित समाचार