आज अन्तर्राष्ट्रिय पर्वतीय दिवस मनाइँदै

  ।   २०७७ मंसिर २६, शुक्रबार ०८:०२

काठमाण्डौ । आज, अन्तर्राष्ट्रिय पर्वतीय दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

पर्वतीय क्षेत्र नै पानीको मुख्य स्रोत भएकाले यसको संरक्षणमा जोड दिँदै आइएको छ । पिउन योग्य पानी र जीवनरक्षक धेरै जडिबुटी पर्वतीय क्षेत्रबाट नै पाइन्छ ।

पृथ्वीको कुल क्षेत्रमध्ये २२ प्रतिशत पर्वत क्षेत्र पर्ने र विश्वको कुल जनसंख्यामध्ये १५ प्रतिशत मानिस पर्वतीय क्षेत्रमा बसोबास गर्ने गरेको संयुक्त राष्ट्र संघले जनाएको छ । पछिल्लो समय जलवायु परिवर्तन र जनसख्या वृद्धिका कारण पर्वतीय क्षेत्रमा असर पर्न थालेको छ ।

यही असरलाई न्यूनीकरणमा जोड दिँदै हरेक वर्ष डिसेम्बर ११ मा यो दिवस मनाउने गरिएको छ । पर्वतीय जीवनका बारेमा सचेतना जगाउने उद्देश्यले राष्ट्रसंघको आह्वानमा सन् २००३ देखि पर्वतीय दिवस मनाउन सुरु गरिएको हो।

पर्वतीय क्षेत्रमा बस्ने नागरिकको जनजीविका सहज बनाउन र पर्वतीय वातावरणलाई बिग्रन नदिन दिवसले जोड दिएको छ ।

Next Post

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले गरेका निर्णाय

२०७७ मंसिर २६, शुक्रबार ०८:०२
संवाददाता, नेपालगंज । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले प्रदेश अन्र्तगतका जिल्ला शाखाको अधिवेसन र साधारण सभा प्रदेश समिति सँग समन्वय गरी छिटो सम्पन्न गर्ने निर्णाय गरेको छ । बुटवलमा बिहीबार अध्यक्ष मौसम रोकाको अध्यक्षतामा सम्पन्न बैठकले नयाँ सदस्यता छानविनका लागी महासचिव भेषराज बस्नेतको संयोजकत्वमा सचिव शुक्रऋषि चौलागाई र सचिव सन्तोष […]