नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले गरेका निर्णाय

  ।   २०७७ मंसिर २६, शुक्रबार १७:२८

संवाददाता, नेपालगंज ।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले प्रदेश अन्र्तगतका जिल्ला शाखाको अधिवेसन र साधारण सभा प्रदेश समिति सँग समन्वय गरी छिटो सम्पन्न गर्ने निर्णाय गरेको छ ।

बुटवलमा बिहीबार अध्यक्ष मौसम रोकाको अध्यक्षतामा सम्पन्न बैठकले नयाँ सदस्यता छानविनका लागी महासचिव भेषराज बस्नेतको संयोजकत्वमा सचिव शुक्रऋषि चौलागाई र सचिव सन्तोष दहित सदस्य रहेको समिति पनि गठन गरेको छ ।

प्रेस पास, अनलाइन दर्ता नविकरण जिल्ला हुलाक कार्यालयबाटै हुने भनी संञ्चार मन्त्रालयले गरेको निर्णाय प्रति आभार प्रकट गरेको छ ।

बैठकले लोककल्याणकारी बिज्ञापनको रकम भुक्त्तानी, प्रेस पास जारी गर्ने कार्य समेत संम्बधित जिल्लाबाटै गर्न आग्रह गर्ने निर्णाय पनि गरेको छ ।

Next Post

बाँकेमा कोरोना संक्रमितको संख्या ४ हजार १ सय नाग्यो

२०७७ मंसिर २६, शुक्रबार १७:२८
संवाददाता, नेपालगंज। बाँके जिल्लामा कोरोना संक्रमितको संख्या ४ हजार १ सय ४५ जना पुगेको छ । जसमध्ये महिला १ हजार ४ सय २० जना र पुरुष २ हजार ७ सय २५ जना रहेका छन । कोरोनाको संक्रमण पछि अवस्था अनुसारको उपचार गरी निको हुनेको संख्या भने ३ हजार ९ सय […]