बर्दियामा किशोरी सशक्तीकरणकालागि बाँके युनेस्को क्लबको पहल

  ।   २०८२ भाद्र १५, आईतवार १७:३२

नेपालगन्ज । किशोरी क्लबका सदस्यहरूलाई विभिन्न विषयमा सचेत र सक्षम बनाउन बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बालिका शसक्त परियोजना अन्तर्गत बर्दियामा नियमित स्टिक एण्ड स्टोन सेसन सञ्चालन गर्दै आएको छ ।

यी सेसनहरू बर्दियाको बढैयाताल गाउँपालिकाको वडा नम्बर ७, ८ र ९ तथा गुलरिया नगरपालिकाको वडा नम्बर ११ र १२ का किशोरी क्लबमा सञ्चालन भइरहेको क्लबले जनाएको छ । सो कार्यक्रमको मुख्य उद्देश्य किशोरी क्लबका सदस्यहरूलाई विभिन्न विषयमा सचेत र सक्षम बनाई उनीहरूलाई आफ्ना साथी, परिवार, समुदाय तथा सरोकारवालासँग ज्ञान र सीप बाँड्न सक्षम बनाउनु रहेको क्लबका उपनिर्देशक गोविन्द लामिछानेले बताउनुभयो ।

उहाँका अनुसार प्रत्येक क्लबमा २५ जना सदस्य सहभागी रहेकाछन् । क्लबहरूले छ महिनामा १८ वटा अन्तरक्रियात्मक सेसन पूरा गर्नेछन्, जसमा हानिकारक परम्परागत अभ्यासको अन्त्य, बालसुरक्षा, नेतृत्व विकास र सिर्जनशीलताको प्रवद्र्धन जस्ता विषयहरू मुख्य रुपमा समेटिएका छन् ।

हालसम्म प्रत्येक क्लबमा ३ वटा सेसन सम्पन्न भइसकेको र बाँकी सेसनहरू अझ बढी ऊर्जा र उत्साहका साथ अगाडि बढिरहेको क्लबले जनाएको छ । हालैको फिल्ड भ्रमणमा बाँके युनेस्को क्लबका उपनिर्देशक गोविन्द प्रसाद लामिछाने र परियोजना अधिकृत विजय शर्मा सेसनमा उपस्थित भई किशोरी सदस्यहरूलाई टिमवर्क, जिम्मेवारी र परिवर्तनको दृष्टिकोण बारे प्रेरणादायी सन्देश दिनुभयो ।

किशोरी सशक्तिकरणको यात्रामा सुष्मा चौधरी, हेमा देवी खड्का, राधिका थारु, पूजा थारु र दीपा चन्द जस्ता समर्पित सहजीकरणकर्ताले किशोरीहरूलाई आत्मविश्वास, संचार क्षमता र नेतृत्व गुण अभिवृद्धि गर्न निरन्तर सहयोग गरिरहेका छन् ।

यस पहलको सकारात्मक प्रभाव देखिन थालेको छ । सहभागी किशोरीहरूले विज्ञान अध्ययनमा परियोजनाले सहयोग गरेको र ल्याब प्रयोगले सुधार आएको बताएका छन्, साथै पहिचान र एकताको लागि टिसर्ट र क्यापको आवश्यकता रहेको समेत उनिहरुले औल्याएका छन् ।

Next Post

बर्दियाको मधुवनमा मानब बेचबिखन विरुद्ध अन्तर–पुस्ता सम्बाद सम्पन्न

२०८२ भाद्र १५, आईतवार १७:३२
नेपालगन्ज  । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन नगरपालिका–७ को वडा कार्यालयमा मानब बेचबिखन, लागु पदार्थ दुव्र्यसनी तथा बालविवाहविरुद्ध अन्तर–पुस्ता सम्बाद कार्यक्रम सम्पन्न गरेको छ । क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा संचालित सुरक्षा परियोजना अन्तर्गत सो कार्यक्रम सम्पन्न गरेको हो । सो कार्यक्रम वडा नम्बर ७ का वडा अध्यक्ष राजेन्द्र हमालको […]

सम्बन्धित शीर्षक