नेपालगञ्जमा स्वास्थ्य र सुरक्षा मापदण्ड पूरा गरेर स्कूल सञ्चालनका लागि नेपालगञ्जका मेयर राणाको संयोजकत्वमा मापदण्ड निर्धारण कमिटि गठन

  ।   २०७७ मंसिर ८, सोमबार ०७:३२

नेपालगन्ज । नेपालगञ्जमा स्वास्थ्य र सुरक्षा मापदण्ड पूरा गरेर स्कूल सञ्चालनका लागि नेपालगञ्जका मेयर डा. धवलशमशेर राणाको संयोजकत्वमा मापदण्ड निर्धारण कमिटि गठन भएको छ। त्यसमा उपमेयर उमा थापामगर, बोर्ड सदस्यका तर्फबाट प्रवक्ता प्रमोद रिजाल, जिल्ला प्रशासन, विद्यालय छाता संगठन, बाल क्लवका प्रतिनिधि रहेनु भएको छ ।

स्कूल कसरी सञ्चालन गर्ने भन्ने विषयमा छलफल जारी नै रहेको छ। स्कूलले नै यो तरिकाले स्कूल सञ्चालन गर्छु भनेर प्रस्ताव पेश गर्नुपर्ने भएको छ। एउटा बेन्चमा दुई जना विद्यार्थी राख्ने, सेटिनाइजर, थर्मोमिटर राख्ने, मास्क लगाउने, सिफ्ट गरेर कक्षा सञ्चालन गर्ने वा रोल नम्बर जोर विजोर अनुसार पढाउने स्कूलले प्रस्ताव गर्नु पर्नेछ।

त्यसपछि फेरि स्थानीय जनप्रतिनिधि अर्थात वडाध्यक्षको संयोजकत्वमा रहने अनुगमन समितिले स्थलगत अनुगमन गरेपछि स्कूल खोल्न दिने नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले जानकारी दिनु भएको छ। प्रवक्ता रिजालले अहिले कसैले स्कूल सञ्चालन गरिरहेको छ भने त्यसलाई कारबाही गर्ने चेतावनी समेत दिनुभएको छ।

SOURCE: PABSON Nepalgunj

Next Post

तराईमा बाक्लो कुहिरो : कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

२०७७ मंसिर ८, सोमबार ०७:३२
काठमाण्डौ | अहिले तराईका केही ठाउँमा बाक्लो कुहिरो लागेको छ । पहाडी भेगमा पनि कतै कतै सामान्य कुहिरो लागेको छ । चिसोका कारण कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् निराजन सापकोटाका अनुसार दिउँसो घाम लाग्दै गएपछि कुहिरो हट्दै जानेछ । आज दिउँसो देशका अरु ठाउँको मौसम […]